शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

ठूलो जग्गा घोटालामा मुछिए अग्नि सापकोटा ! मुद्दा चलाउन अख्तियार नै डरायो ?

ठूलो जग्गा घोटालामा मुछिए अग्नि सापकोटा ! मुद्दा चलाउन अख्तियार नै डरायो ?

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 9.6K
    SHARES

  • ठूलो जग्गा घोटालामा मुछिए अग्नि सापकोटा ! मुद्दा चलाउन अख्तियार नै डरायो ?

    काठमाडौं – धरानको ३४८ विघा सरकारी जग्गा व्यक्तिको नाममा गराएको घोटालामा सभामुख अग्नि सापकोटाको नाम मुछिएको छ ।

    सापकोटा वनमन्त्री भएका बेला सरकारी जग्गा व्यक्तिको नाममा गएको आरोप अधिवक्ता युवराज कोइरालाले लगाएका छन् ।

    सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला व्यक्तिको नाममा गराएको तथ्य अधिवक्ता कोइरालाले बाहिर ल्याएका छन् ।

    बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पारिएको प्रमाणसहित खुलासा गरेका अधिवक्ता कोइरालाले सापकोटा मुछिएको घटना समेत बाहिर ल्याएका छन् ।

    काठमाडौंमा भएको कार्यक्रममा अधिवक्ता कोइरालाले सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला व्यक्तिको नाममा गराइए पनि उनीविरुद्ध मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै डराइरहेको अधिवक्ता कोइरालाको दाबी छ ।

    ‘तत्कालीन सचिवले सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा दाखा गर्नुपर्छ भनेर राय दिएका थिए । तर मन्त्री सापकोटाले व्यक्तिको नाममा गर्नू भनेर तोक लगाउनुभयो । आज ती व्यक्तिले दुईतिरको जग्गा भोगचलन गरिरहेका छन् । उच्चस्तरीय समितिले यस्तो निर्णय भ्रष्टाचार हो भनेर मुद्दा चलाउन सिफारिस गरे पनि अख्तियारले खुट्टा कमाइरहेको छ,’ अधिवक्ता कोइरालाले भने ।

    सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले देशभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दवाव दिन आयोजित हस्ताक्षर कार्यक्रममा कोइरालाले मन्त्रिपरिषद्ले निर्णय गरेरै उच्चस्तरीय समितिको सिफारिस अनुसार मुद्दा चलाउन पठाए पनि अख्तियारले फाइल नखोलेको बताएका छन् ।

    ललिता निवास, बालुवाटार लगायतका सरकारी जग्गा–जमिन सरकारले आफ्नो मातहतमा ल्याई भोगचलन गराउन दवाव दिँदै माघ २३ गतेदेखि हस्ताक्षर अभियान सञ्चालन भएको थियो । हस्ताक्षर अभियान शुक्रवार शान्तिवाटिकामा कोणसभा गरी समापन भएको छ ।

    समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा, सुनसरीको धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी जग्गा अपचलन गर्नेउपर कारबाहीको माग समेत गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ९ २०७७०८:१२:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend