आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाको २ नयाँ प्रकार देखेर वैज्ञानिकहरू नै त्रसित, तीब्र रूपमा फैलिँदै

कोरोनाको २ नयाँ प्रकार देखेर वैज्ञानिकहरू नै त्रसित, तीब्र रूपमा फैलिँदै

  • मिडिया डबली
  • बिहिवार, माघ २९ २०७७

  • 5.6K
    SHARES

  • कोरोनाको २ नयाँ प्रकार देखेर वैज्ञानिकहरू नै त्रसित, तीब्र रूपमा फैलिँदै

    काठमाडौं – विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ प्रजाति संसारका ८६ देशमा पुगेको जानकारी दिएको छ ।

    संगठनका अनुसार बेलायतमा २० सेप्टेम्बरमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसको नयाँ प्रजाति बी.१.१.७ विश्वका ८६ राष्ट्रमा पुगेको हो ।

    नेपालमा बी.१.१.७ कोरोना भाइरस माघ पहिलो हप्ता पुष्टि भएको हो । बेलायतबाट फर्किएका ३ जनामा भाइरसको संक्रमणको पुष्टि भएको हो । त्यसयता कोरोना भाइरसको नयाँ प्रकारबाट संक्रमित भएकाहरूको तथ्यांक नेपालमा सार्वजनिक भएको छैन ।

    प्रारम्भिक अध्ययनमा कोरोना भाइरसको नयाँ प्रजाति साबिकको भन्दा बढी संक्रामक र केही हदसम्म स्वास्थ्य अवस्थामा बढी जटिलता ल्याउने रहेको पाइएको छ । 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार पछिल्लो हप्ता कोरोना भाइरसको नयाँ प्रकार संक्रमित बिरामी थप ६ राष्ट्रमा पुष्टि भएको छ । गत १४ डिसेम्बरमा बेलायतमा परीक्षण गरिएको नमूनामा ६३ प्रतिशत संक्रमितमा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएकोमा गत सोमवारसम्म संक्रमितको ९० प्रतिशत नयाँ भाइरसको संक्रमणको पुष्टि भएको छ ।

    विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका थप २ प्रकार तीब्र रूपमा फैलिरहेको जनाउँदै नयाँ प्रकारबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । जसलाई बी.१.३५१ र पी१ नाम दिइएको छ ।

    बी.१.३५१ पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको छ । पी.१ ब्राजिलमा पुष्टि भएको छ । नयाँ दुवै प्रकारको भाइरसबाट संक्रमितको पहिचान नेपालमा भइसकेको छैन ।

    गत सोमवारसम्म दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको बी.१.३५१ कोरोना भाइरस विश्वका ४४ राष्ट्रसम्म पुगेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । ब्राजिलमा पाइएको पी.१ भने १५ राष्ट्रमा पुष्टि भएको संगठनले जनाएको छ ।

    सीएनएनका अनुसार वैज्ञानिकहरू भने कोरोना भाइरसको स्वभाव बदलिरहेकोबाट चकित नभएको जनाएको छ । तर उनीहरू भने उत्परिवर्तन हुँदै जाँदा कुनै विन्दुमा गएर जटिल रोग निम्तिन सक्ने जोखिमबाट त्रसित भएका छन् ।

    विज्ञहरूले कोरोना भाइरसको खोपले नयाँ प्रकारको कोरोना भाइरस विरुद्धको प्रतिरक्षा प्रणाली विकसित गर्ने नगर्ने विषयलाई लिएर चिन्तित देखिएका जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend