आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नेकपा विवाद हेर्ने जिम्मा यी नयाँ आयुक्तलाई, ४५ दिनभित्र निर्णय लिने लक्ष्य 

नेकपा विवाद हेर्ने जिम्मा यी नयाँ आयुक्तलाई, ४५ दिनभित्र निर्णय लिने लक्ष्य 

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 4.5K
    SHARES

  • नेकपा विवाद हेर्ने जिम्मा यी नयाँ आयुक्तलाई, ४५ दिनभित्र निर्णय लिने लक्ष्य 

    काठमाडौं – निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिकता विवादको निरुपण प्रक्रिया सुरू भएको छ ।

    आयोगको गत शुक्रवार बसेको पूर्ण बैठकले सबै आयुक्तको कार्यविभाजन गरेको थियो ।

    कार्यविभाजनअनुसार आयोगले राजनीतिक दल, दल, दर्ता, राजनीतिक दलको नियमन तथा विवाद निरुपणको जिम्मेवारी निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ ।

    उनी केही दिनअघि मात्रै निर्वाचन आयुक्त नियुक्त भएका हुन् । आयुक्तहरूको कार्यविभाजनसँगै नेकपाभित्रको विवादका विषयको निरुपणको प्रक्रिया समेत सुरू भएको आयोगले जनाएको छ ।

    नेकपाको आधिकारिता विवादको टुंगोमा पुग्न आयोगमा प्राप्त सबै कागजात कानूनअनुसार भएको पाइए कम्तिमा ४५ दिन समय लाग्ने देखिन्छ । राजनीतिक दलसम्बन्धी ऐनले तोकेका सबै प्रक्रिया पूरा गर्दा आयोगलाई विवाद टुंगाउन समय लाग्ने देखिएको छ ।

    दफा ४४ अनुसार एउटा पक्षबाट आधिकारिकताको दाबी पेश भएमा निर्वाचन आयोगले अर्को पक्षलाई दाबीबारे लिखित जवाफ पेश गर्न १५ दिनको सूचना दिनुपर्छ ।

    तोकिएको १५ दिनभित्र जवाफ पेश गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेश गर्न आयोगले पुनः १० दिन समय थप गर्न सक्ने प्रावधान छ । त्यसपछि आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमतिबमोजिम विवाद निरुपण गर्ने प्रयोजनको लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिनेछ भने आवश्यक परे पेश गरिएका सदस्यहरूको नामावली सनाखतको प्रक्रिया समेत हुनेछ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend