बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीपछि प्रचण्डको पालो, गल्ती नदोहोर्‍याउने र सच्चिने वाचा ! हेर्नुहोस् भिडियो

केपी ओलीपछि प्रचण्डको पालो, गल्ती नदोहोर्‍याउने र सच्चिने वाचा ! हेर्नुहोस् भिडियो

  • मिडिया डबली
  • आइतवार, माघ २५ २०७७

  • 5.0K
    SHARES

  • केपी ओलीपछि प्रचण्डको पालो, गल्ती नदोहोर्‍याउने र सच्चिने वाचा ! हेर्नुहोस् भिडियो

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले माघ २३ गते तामझामका साथ काठमाडौंको नारायणहिटी अगाडि शक्ति प्रदर्शन गर्‍यो । ओली पक्षीय नेकपाले यसका लागि धेरै तयारी गरेको थियो ।

    ओलीपछि अब शक्ति प्रदर्शन गर्ने पालो नेकपा प्रचण्ड–नेपाल पक्षको रहेको छ । यो पक्षले माघ २८ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

    शक्ति प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै भिडियो सन्देश जारी गरेर अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले विगतका कमी–कमजोरीप्रति आत्मालोचित हुँदै सच्चिने बताएका छन् ।

    माघ २८ गतेको जनप्रदर्शनका लागि नागरिकलाई आह्वान गर्दै अध्यक्षद्वय प्रचण्ड–नेपालले भोलिका दिनमा विगतको गल्ती र कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता जनाएका हुन् ।

    ‘हामी विगतका भएका आफ्ना कमी–कमजोरीहरुको आत्मसमीक्षा गर्छौं । हुन गएका कमी–कमजोरीहरु सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्छौं,’ भिडियो सन्देशमा उल्लेख छ ।

    प्रचण्ड–नेपाल पक्षले ओली सरकारलाई एक पटक धक्का दिनैपर्ने भएकाले माघ २८ गतेको विकल्प रोजिएको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल पक्ष लगातार आन्दोलन गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend