आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मन्त्री नहुँदा सर्वनाश हुन्छ भन्न थाले घनश्याम भुसाल ! ‘फागुन दोस्रो हप्ता डरलाग्दो संकट’

मन्त्री नहुँदा सर्वनाश हुन्छ भन्न थाले घनश्याम भुसाल ! ‘फागुन दोस्रो हप्ता डरलाग्दो संकट’

  • मिडिया डबली
  • शनिवार, माघ २४ २०७७

  • 5.4K
    SHARES

  • मन्त्री नहुँदा सर्वनाश हुन्छ भन्न थाले घनश्याम भुसाल ! ‘फागुन दोस्रो हप्ता डरलाग्दो संकट’

    काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहँदासम्म गाडीघोडा लिएर सरकारकै समर्थनमा रहेका नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसाल अब सर्वनाश हुने बताउन थालेका छन् ।

    झापाको बिर्तामोडमा शनिबार कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता भुसालले भने, ‘प्रधानमन्त्री ओलीको कदमपछि अब अरु कुनै उपाय छैन, कि संसदको पुनःस्थापना हुन्छ कि सर्वनाश । यो पक्का हो ।’

    फागुन दोस्रो हप्तादेखि देशमा डरलाग्दो राजनीतिक संकट आउने भुसालले चेतावनी दिएका छन् । अबको ३ हप्तामा संसद पुनःस्थापना नभए देश बर्बादीतर्फ अघि बढ्ने उनले बताए ।

    भुसालले प्रधानमन्त्री ओलीको असंवैधानिक गतिविधिका कारण मुलुक राजनीतिक संकटमा पुग्न लागेको दाबी गरेका छन् ।

    प्रधानमन्त्री ओलीले विघटन गरेको संसद पुनःस्थापनाको मुद्दा सहजै जितिनेमा नेता भुसाल विश्वास व्यक्त गरे । ‘यो मुद्दा जितिएन भने सर्वनाश हुन्छ । त्यसैले संसद पुनःस्थापनाको मुद्दा कुनै पनि हालतमा जित्नैपर्छ । सर्वनाश हुन दिनु हुँदैन,’ उनले भने ।

    प्रधानमन्त्री ओलीले जे भन्यो प्रचण्डले त्यही मानिदिँदा वर्तमान परिस्थिति आएको नेता भुसालको आरोप छ । ‘सत्ताबाहेक अरु केही नदेख्ने प्रधानमन्त्री ओलीले सत्ता मोहबारे पनि केही बुझेका छैनन्,’ भुसालले भने, ‘प्रचण्डले त झन् बुझेकै रहेनछन् । ओलीले जे–जे भन्यो त्यही त्यही मानिदिँदा ओलीको सत्तामोह बुझेको कतै हुन्छ ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend