आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनामा चीनले खेलेको खेल खत्तम : न्युयोर्क टाईम 

कोरोनामा चीनले खेलेको खेल खत्तम : न्युयोर्क टाईम 

  • मिडिया डबली
  • शुक्रवार, माघ २३ २०७७

  • 15.0K
    SHARES

  • कोरोनामा चीनले खेलेको खेल खत्तम : न्युयोर्क टाईम 

    बेइजिङ - विश्वभर कोरोना महामारी विरुद्धको खोप अभियान सुरू भइरहेको समयमा चीनले आफूले बनाएको खोपलाई भूराजनीतिक जीतका लागि प्रयोग गर्न खोजेको न्युयोर्क टाईमले आरोप लगाउँदै लेख प्रकाशित गरेको छ ।

    यद्यपि चीनको त्यो चाहना उसको लागि प्रत्युत्पादक साबित भएको सोही लेखले निष्कर्ष निकालेको छ ।

    ब्राजिल र टर्कीका अधिकारीहरूले चिनियाँ कम्पनीले विसका गरेको कोरोना विरुद्धको खोप पठाउन ढिलो गरेकोप्रति आक्रोश व्यक्त गरेको उदाहरण प्रस्तुत गर्दै  पत्रिकाले खोपलाई भूराजनितिक जीतको लागि प्रयोग गर्ने चिनियाँ प्रयास उसैको लागि प्रत्युपादक बनेको निष्कर्ष निकालेको छ ।

    चिनियाँ खोपहरूको प्रभावकारिताबारे बाहिरिएका तथ्यहरूले ब्राजिल र टर्कीजस्ता मुलुकहरू पनि सशंकित भएका छन् । चीनले कोरोना विरुद्धको खोप प्रभावकारी मानिए पनि फाइजर र मोर्डेनाजस्ता खोपहरूजस्तो सुरक्षित नभएको तथ्य सार्वजनिक भएको छ ।

    फिलिपिन्समा केही सांसदले सरकारको चिनियाँ कम्पनी सिनोभ्याकले विकास गरेको खोप किन्ने निर्णयको आलोचना गरेका छन् । मलेसिया र सिंगापुरका अधिकारीहरूले दुवै सिनोभ्याक खोप सुरक्षित र प्रभावकारी सावित भएमा मात्र स्वीकृति दिनुपर्ने तर्क गरेका छन् ।

    ‘अहिले हामी कुनै चिनियाँ खोप लिने छैनौं, किनकि त्यहाँ अपर्याप्त डाटा छ,’ सिंगापुरको विदेश मामिला मन्त्रालयका अधिकारी बिलाहारी कौसिकनले भने । उनले चीनले खोप सम्बन्धमा ‘उचित रिपोर्ट’ दिनुपर्ने बताएका छन् ।

    कम र मध्यम आय भएका २४ मुलुकले चिनियाँ खोप कम्पनीसँग आयातका लागि हस्ताक्षर गरेका छन् । विकसित राष्ट्रहरूले फाइजर र मोर्डेना खोपको आयात गर्दा कम आय भएका मुलुकले भने खोप आयात गर्न सकेनन् । यस्ता मुलुकमा कोरोना महामारी लामो समय रहिरहने विज्ञहरूले बताएका छन् । 

    चिनियाँ खोप कम प्रभावकारी भएको र आयातमा ढिलाइ भएका कारण महामारी अझै धेरै समय लाग्ने भएको छ । 

    बेइजिङका केही अधिकारीले चीनको विश्वव्यापी प्रतिष्ठालाई नै संकटमा पार्ने तर्क गरेका छन् । सरकारी मिडियाले भने चिनियाँ खोपले विश्वव्यापी प्रतिष्ठालाई थप उचाइ प्रदान गर्ने बताइरहेका छन् ।

    चिनियाँ मिडियाहरूले अमेरिकी खोपबारे गलत सूचना प्रदान गर्दै चिनियाँ खोपलाई एक राम्रो विकल्पको रुपमा चित्रण गरेका छन् ।

    चिनियाँ सरकारी सञ्चारमाध्यमहरू खोप लगाएर मृत्यु भएका मानिसबारे अन्तर्राष्ट्रिय मिडियाहरू किन बोलिरहेका छैनन् भन्दै प्रश्न गरेका छन् । प्रश्न चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको ट्विटरमार्फत पनि शेयर भएको थियो । 

    तर वैज्ञानिकहरूले भने मृत्यु भएका ती व्यक्ति पहिले नै अन्य रोगबाट ग्रसित भएको बताएका छन् ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend