आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'उइगर अल्पसंख्यकहरुको विनाश गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश'

'उइगर अल्पसंख्यकहरुको विनाश गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश'

  • मिडिया डबली
  • बिहिवार, माघ २२ २०७७

  • 4.4K
    SHARES

  • 'उइगर अल्पसंख्यकहरुको विनाश गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश'

    बेइजिङ - चिनियाँ कम्युनिस्ट पार्टीले अल्पसंख्यक उइगर र अन्य मुस्लिम समुदायहरुलाई विनाश गर्ने उद्देश्यले लाखौं मानिसहरुलाई हिरासतमा राखेको छ । उक्त हिरासत कन्द्रमा रहेका महिलाहरुलाई सामूहिक बलात्कार गर्ने गरेकोसमेत खुलेको छ । 

    चीनको सिन्जियाङसहित हिरासतमा रहेकी एक महिलाले हिरासतमा लाखौं महिला र पुरुष रहेको बताएकी छन् । उनले  भनिन्, "पुरुषहरुले मास्क लगाएका हुन्थे । त्यो समयमा कोरोना महामारी सुरु भएको थिएन । उनीहरुले सुट लगाएका हुन्थे प्रहरी पोसाक होइन । मध्यरातमा महिलाहरु सुतेको शिविरमा आउँथे र बलात्कार गरिने महिलाहरुलाई छनोट गर्थे ।" 

    तुर्सुने जियावुदुनले भनिन्, "महिलालाई करिडोरमा रहेको एक अध्याँरो कोठामा लैजान्थे । त्यहाँ सर्भिलियन्स क्यामेरा छैनन । उनीहरुले कयौं रात मलाई पनि लगेका छन् । यो मेरो जीवनमा कहिल्यै नबिर्सिने दाग हो ।"

    यस्तो शब्दहरु उनले आफ्नो मुखबाट बोल्‍नसमेत नचाहेको बताएकी छन् । तुर्सुनेले सिन्जियाङमा रहेको यातना शविरमा नौ महिना बिताइन् । एक स्वतन्त्र अध्ययन टोलीको प्रतिवेदन अनुसार उक्त शिविरमा लाखौं महिला र पुरुषहरु राखिएका छन् । 

    तर, चीनले भने उक्त यातना शिविरलाई 'पुनर्शिक्षा शिविर'को नाम दिएको छ । चीनले उइगर र अन्य अल्पसंख्यक समुदायलाई प्रशिक्षण दिने गरेको बताउँदै आएको छ । 

    मानवअधिकारसम्बन्धी काम गर्ने समूहले चीन सरकारले उइगरहरुको धार्मिक र अन्य स्वतन्त्रतालाई ध्वंश पार्न चाहेको बताएका छन् । उइगरमा भइरहेको मानवअधिकारको चरम उल्लंघनलाई संयुक्त राज्य अमेरिका, क्यानडालगायतका मुलुकहरुले नरसंहार भएको बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend