आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कति विश्वसनीय छ नेपालमा ल्याउने तयारी गरिएको चिनियाँ खोप ?

कति विश्वसनीय छ नेपालमा ल्याउने तयारी गरिएको चिनियाँ खोप ?

  • मिडिया डबली
  • बुधवार, माघ २१ २०७७

  • 13.5K
    SHARES

  • कति विश्वसनीय छ नेपालमा ल्याउने तयारी गरिएको चिनियाँ खोप ?

    काठमाडौं – चीनले नेपाललाई ३ लाख डोज कोरोना विरुद्धको खोप अनुदान दिने भएको छ ।

    चीनको वुहानबाट फैलिएको कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी हुने विश्वास गरिएको यो खोप कति विश्वसनीय छ भन्ने प्रश्नहरू उठ्न थालेका छन् ।

    सन् २०१९ को डिसेम्बर अन्तिबाट चीनको वुहानस्थित वेट मार्केटबाट फैलिएको भनिएको कोरोना महामारीले विश्वर करोडौं संक्रमित भएका छन् भने लाखौंको मृत्यु भएको छ । 

    यस महामारीविरुद्ध विश्वभरका शक्ति राष्ट्रहरूले खोप विकास गरेर विश्वभर वितरण गरिरहेका बेला चिनियाँ खोप पनि वितरणको तयारी थालिएको हो । यो खोप प्रभावकारी भएको चिनियाँ पक्षले दाबी गरिए पनि ब्राजिलमा गरिएको परीक्षणमा क्रममा भने ५० प्रतिशत मात्रै प्रभावकारी भएको पाइएको थियो । ब्राजिलबाट प्रकाशित नतिजापछि यसप्रतिको आशंका थप बढ्दै गएको हो ।

    हाल कोरोना महामारीको उत्पत्तिका विषयमा वुहानको वेट मार्केट पुगेर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टोलीले अनुसन्धान गरिरहेको छ ।

    चीनले नेपालमा उपलब्ध गराउन लागेको भनिएको कोरोनाविरुद्धको खोप आयातका लागि अनुमति माग गरेका २ कम्पनीहरूले दर्ता प्रक्रियाका लागि आवश्यक कागजात समेत उपलब्ध गराएका छैनन् । 

    यसबारे परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासलाई पत्र लेख्दै आधिकारिक कम्पनीबारे जानकारी गराउन आग्रह गरेको छ । एकातिर कम प्रभावकारिता र अर्कोतिर प्रक्रिया पूरा नगरेर आयातको तयारी थालिएपछि खोपप्रति आशंका उब्जिएको हो ।

    चीनले उपलब्ध गराएको खोप पाकिस्तानमा मंगलवारदेखि लगाउन सुरू गरेको छ । 

    खोप विकासको परीक्षणबारे जानकारी गराउनुपर्ने भए पनि नेपाललाई भने चिनियाँ खोप उत्पादक तथा आयातकर्ताहरूले कुनै दस्तावेज उपलब्ध गराउको छैन । जसका कारण यसप्रतिको आशंका बढ्दै गएको हो ।  

    भारतले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराएर अहिले प्रयोग भइरहेको छ । भारतले उत्पादन गर्ने कोभिशिल्ड खोप खरिद गर्दा पनि चिनियाँ खोपभन्दा निकै सस्तो रहेको छ । 

    चिनियाँ खोपप्रति डोज ६० डलर पर्छ भने भारतबाट आयात हुने खोपप्रति डोज १० डलरभन्दा कम पर्न जान्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend