उर्मि - चीनियाँ स्वायत्त प्रान्त सिन्जियानमा समाचार संकलगन गर्न चीन सरकारले कडा निगरानी र प्रतिबन्ध लगाउदै आएको छ ।
सिन्जियानमा मुस्लिम धार्मिक अल्पसंख्यक उईघुर जातिमाथि दमन गर्दै आएको चीन सरकारले त्यहाँको समचार संकलनमा समेत कडा निगरानी गर्दै आएको हो ।
सिन्जियानका बारेमा रिपोर्ट गरिएका समाचारहरुलाई चीन सरकारले झुटा समाचारको आरोप लगाउने गरेको अन्तर्राष्ट्रिय समचार संस्थान बीबीसीले जनाएको छ ।
पछिल्लो समय बीबीसीको टोली सिन्जियान पुग्दा शंकास्पद रुपमा चिनियाँ अधिकारीहरुले आफुहरुलाई निगरानी गरेको बीबीसीले उल्लेख गरेको छ ।
आफ्नो ससमाचा टोली बसेको रेस्टुरेन्ट र पसलहरुमा सेवा नदिन समेत चिनियाँ अधिकारीहरुले चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ।
हजारौँ उईघुर जातिलाई सिन्जियान क्षेत्रमा कपास टिप्ने काममा बाध्य बनाएको समचारलाई चीन सरकारको स्वामित्वको समचार माध्यमले झुटो समाचारको आरोप लगाएको छ ।
मुस्लिम अल्पसंख्यक उईघुर जातिमाथि चीन सरकारले अमानबीय व्यावहार र दमन गर्दै आएको अन्तराष्ट्रिय मानवअधिकारवादीहरुले बताउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।