बइजिङ - चीनमा एक २२ वर्षीया युवतीको मृत्युपछि चिनियाँ टेक कम्पनीहरुको विषाक्त धन्दा खुलासा भएको छ । चीनमा २२ वर्षीया चिनियाँ महिला प्राविधिक श्रमिकको मृत्यु भएपछि टेक्नोलोजी कम्पनीहरुको विषाक्त '९९६' कार्यको पर्दाफास भएको हो ।
चिनियाँहरु कडा परिश्रम गर्ने कुरामा गर्व गर्दछन् । चिनियाँ हप्ताको ६ दिन बिहान ९ बजेदेखि रातिको ९ बजेसम्म निरन्तर काम गर्छन् ।
अन्तर्राष्ट्रिय श्रम काम कानुन अनुसार हप्ताको ६ दिन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्नुपर्ने मापदण्ड बनाए पनि चीनले भने यसलाई उल्लंघन गर्दै आएको छ ।
जसले गर्दा मानिसहरुमा मानसिक तनाव सिर्जना हुने, विभिन्न स्वास्थ्य समस्याहरु देखिनेलगायतका समस्या हुने भएकोले यस्तो काम गर्न प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको छ ।
चीनको सिन्जियाङको इ-कमर्स पिनडउडोमा कार्यरत २२ वर्षीया झाङको मृत्यु भएको हो । उनको डिसेम्बर २९ मा मृत्यु भएको थियो । उनी कार्यालयबाट घर जाने क्रममा थकित भएपछि सडकमै लडेर मृत्यु भएको हो ।
उनको मृत्युपछि चिनियाँ सामाजिक सञ्जालमा उक्त कम्पनी र चिनियाँ '९९६' को को काम प्रकृतिलाई बन्द गर्नुपर्ने माग उठिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।