पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वाको राजधानी पेशावर शहरमा प्रधानमन्त्री इमरान खानले गत अगस्टमा बस र्यापीड ट्रान्जिट (बिआरटी) यातायात प्रणालीको उद्घाटन गरेपनि केही महिनामै गुनासोहरु शुरु भएको छ।
उद्घाटनको लामो समयभइसक्दा पनि अहिले सम्म पनि बिआरटी यातायात परियोजना सम्पन्न भएको छैन भने अर्कोतर्फ यातायात प्रणालीमा उचित शौचालय लगायत सुविधा उपलब्ध नभएको र सरसफाईको व्याबस्था नभएको यात्रुहरुले गुनासो गरेका छन् ।
यो परियोजनाको राजस्व बढाउनका लागी ३ वटा वित्तिय भवनहरु बनाउने काम पनि अहिले सम्म सम्पन्न भएको छैन । ब्याबस्थित शौचालय र वित्तिय भवनहरुको कार्य छिट्टै सम्पन्न हुने पेशवार बिकास प्राधिकारणका महानिर्देशकले बताएका छन् ।
पाकिस्तानमा सरकारी परियोजनामा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितता चुलिएको सर्बसाधरणको गुनाँसो रहँदै आएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।