आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ग्‍वादार क्षेत्रमा पर्खाल लगाउने विवादस्पद योजनाबाट पछि हट्यो पाकिस्तान 

ग्‍वादार क्षेत्रमा पर्खाल लगाउने विवादस्पद योजनाबाट पछि हट्यो पाकिस्तान 

  • मिडिया डबली
  • बुधवार, माघ ७ २०७७

  • 5.7K
    SHARES

  • ग्‍वादार क्षेत्रमा पर्खाल लगाउने विवादस्पद योजनाबाट पछि हट्यो पाकिस्तान 

    बेइजिङ - चिनियाँ महत्वाकांक्षी योजनाअन्तर्गत बनिरहेको ग्वादार बन्दरगाहमा पर्खाल लगाउने विवादस्पद योजनाबाट पाकिस्तान पछि हटेको छ । बलुचिस्तान अधिकारीहरुले ग्वादार बन्दरगाह वरिपरिको सम्पूर्ण क्षेत्रमा पर्खाल लगाउने योजनाबा पछि हटेका हुन् । 

    पाकिस्तान सेनाले मकरान प्रशासन, ग्वादर विकास प्राधिकरण, ग्वादर पोर्ट प्राधिकरण र बलूचिस्तान सरकारको सहयोगमा चिनियाँ परियोजनाको संरक्षण गर्न ग्वादरको बन्दरगाह वरपरको २४ वर्ग किलोमिटर क्षेत्रमा पर्खाल लगाउने योजना अघि सारेको थियो । 

    पाकिस्तान इकोनमिक करीडोर (सीपीईसी) को प्रोजेक्टबाट बलुचिस्तानका जनताले चिनियाँ प्रतिष्ठानमा हुने बढ्दो आक्रमणको विरोध गरेका थिए । गृहमन्त्री जिया लाङ्‍गोले बलुचिस्तान सरकारले ग्वादरको पर्खाल लगाउने योजना अघि नबढाउन मुख्यमन्त्री जाम कमलको निर्देशन रहेको जानकारी दिएका छन् । 

    खुला कचहरीमा उपस्थित लाङ्‌गोले पत्रकार सम्मेलनमा पर्खाल लगाउने योजना अघि नबढाउने निर्णय भएको घोषणा गरेका हुन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार उक्त योजनाविरुद्ध बलुचिस्तानका स्थानीयहरु आक्रोशित हुँदै योजना तत्काल रद्द गर्न चेतावनी दिएका थिए ।

    चिनियाँ व्यापार र पाकिस्तानमा कूटनीतिक रुचिका परियोजनाहरुमा आतंकवादी आक्रमण भएका कारण त्यहाँ पर्खाल लगाउनुपर्ने बताइएको थियो । तर, त्यहाँ स्थानीयहरुलाईसमेत  रुचिहरू जस्तै ग्वादरले पनि पाकिस्तानको अति अस्थिर क्षेत्रहरूमा सक्रिय आतंकवादी समूहहरूले अनेक पटक आक्रमण गरेको छ ।

    यसअघि सांसद मीर कबीर मोहम्मद शाहीले ग्वादर शहरलाई सेफ सिटि प्रोजेक्ट अन्तर्गत तटवर्ती क्षेत्रलाई दुई भागमा बाँडिने बताएका थिए । उनले भने, “नियमित रूपमा सहर जाने मानिसहरूलाई कार्ड दिइनेछ । उक्त कार्ड भएका व्यक्तिहरुलाई मात्रै सहरमा प्रवेश गर्न दिइने छ ।”

    तर, स्थानीयहरुले बलुचलाई प्रतिबन्ध लगाउन खोजेको भन्दै आन्दोलित भएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १४ २०७७१२:४४:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend