काठमाडौं – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध खोप अभियान सञ्चालन गर्नेमा भारत अग्रपंक्तिमा देखिएको छ ।
केन्द्रीय स्वास्थ्य सचिव डा.मनोहर आगनानी अनुसार पहिलो दिन २ लाख ७ हजार २२९ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । विश्भर पहिलो दिनमा दिइएको खोपहरूमध्ये यो सबैभन्दा धेरै संख्या रहेको जनाइएको छ । पहिलो दिन धेरै खोप लगाउने देशहरूमा अमेरिका, बेलायत र फ्रान्सलाई पछि पार्दै भारत १ नम्बर भएको छ ।
पहिलो दिन आन्ध्र प्रदेश, बिहार, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक लगाय १५ राज्यमा खोप लगाइएको थियो । दोस्रो दिन भारतका ६ वटा राज्यमा खोप दिइएको छ । जसमध्ये आन्ध्र, अरुणाञ्चल, कर्नाटक, केरला, मणिपुर र तमिलनाडु रहेका छन् ।
आईतवार भने करीब १७ हजार व्यक्तिलाई खोप दिइएको छ । पहिलो चरणमा फ्रन्टलाइनका कामदारहरुलाई कोभिसिल्ट र कोभ्याक्सिनको पहिलो डोज दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्वास्थ्य सचिवका अनुसार २ दिनमा २ लाख २४ हजार व्यक्तिलाई खोप लगाइएको छ । भारतले पहिलो चरणको अभियान अन्तर्गत ३० करोड जनालाई खोप लगाउने योजना सार्वजनिक गरेको छ । खोप १ जनालाई २ डोज दिने गरिएको छ । जसमा पहिलो र दोस्रो डोजको फरक २१ देखि २८ दिनको हुने तय गरिएको छ ।
कोरोना भाइरस खोप लगाएका केही व्यक्तिमा ‘साइट इफेक्ट’ समेत देखिन थालेका छन् । शनिवारदेखि केही क्षेत्रमा दिन थालिएको खोपबाट साइट इफेक्ट देखिन थालेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी कोरोना खोप दिन थालेको २ दिनमा ४४७ जना बिरामीमा साइड इफेक्ट देखिएको जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य सचिव आगनानीका अनुसार धेरैजस्तो अवस्थामा खोपको नकारात्मक असर सानो तहमा देखिएको छ । यद्यपि खोप लगाएपछि कसैलाई अस्पतालमै भर्ना गर्नुपर्ने हुन्छ, यो केसलाई गम्भीर एएफआईमा रेकर्ड गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सचिवका अनुसार खोप दिन लागिएको २ दिनमा त्यस्ता ३ मात्र घटनाहरू देखिएका छन्, जहाँ केही व्यक्तिलाई अस्पताल भर्ना गर्नुपरेको थियो । जसमध्ये १ व्यक्तिलाई उत्तर रेल्वे अस्पतालमा भर्ना गरिएको छ भने अर्का एक बिरामीलाई दिल्लीस्थित एम्स अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तेस्रो बिरामी एम्स ऋषिकेश अस्पतालमा रहेका छन्, उनको पनि अवस्था राम्रो छ ।
भ्याक्सिनको साइड इफेक्टबारे स्वास्थ्य सचिवले भने, ‘धेरैजसो मानिसहरूलाई हल्का ज्वरो आउने गरेको छ । टाउको दुख्ने, चक्कर लाग्ने, पसिना आउने लक्षण पनि देखिएका छन् ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।