काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले यसै माघ ११ गते विवाह गर्ने भएका छन् ।
मुख्यमन्त्री राईको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा हुने जनाइएको छ ।
मुख्यमन्त्री राईको विवाह हुने तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले पुष्टि गरे । ‘विवाहको मिति तय भइसकेको छ । काठमाडौंबाट हुँदैछ,’ उनले भने ।
विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम हुने जनाइएको छ ।
विराटनगरमा हुने कार्यक्रममा १ नम्बर प्रदेशका राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।