आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नयाँ भेरियन्टको भाइरसलाई सफलतापूर्वक आइसोलेट गर्ने पहिलो मुलुक बन्यो भारत

नयाँ भेरियन्टको भाइरसलाई सफलतापूर्वक आइसोलेट गर्ने पहिलो मुलुक बन्यो भारत

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 5.1K
    SHARES

  • नयाँ भेरियन्टको भाइरसलाई सफलतापूर्वक आइसोलेट गर्ने पहिलो मुलुक बन्यो भारत

    नयाँदिल्ली - बेलायतबाट सुरु भएको नयाँ भेरियन्टको कोरोना भाइरसलाई सफलतापूर्वक आइसोलेट गर्ने विश्वमै भारत पहिलो मुलुक बनेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले नयाँ प्रकारको कोरोना भाइरसलाई आइसोलेट गर्ने भारत पहिलो मुलुक बनेको दाबी गरेको छ । 

    (आईसीएमआर) ले ट्विटर गर्दै भनेको छ, "हालसम्म विश्वमा नयाँ प्रकारको भाइरसको पहिचान गरि कुनै पनि मुलुकले आइसोलेट गर्न सकेको छैन । तर, भारतले यस मामिलामा सफलता हात पारेको छ ।" 

    पहिलो पटक बेलायतमा विकसित भएको यो भाइरस बाह्य वातावरणमा फैलिने गरेको पाइएको छ । आईसीएआरले थप भनेको छ, "बेलायतमा देखिएको नयाँ भेरियन्टको भाइरस र यसअघिका भाइरसका लक्षणहरुमा पूरा परिवर्तन भए पनि भारतले बेलायतबाट फर्किएका व्यक्तिहरुको क्लिनिकल परीक्षणपछि नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा यसको पहिचान गरि उनीहरुलाई आइसोलेट गर्न सफल भएको छ ।" 

    अनुसन्धान संस्थाले भेरो सेल लाइनहरू आईसीएमआर-एनआईभीका वैज्ञानिकहरूले भाइरसको युके-संस्करणसँग मिलेको पाइएको जनाएको छ । बेलायतले केही समयअघि आफ्ना नागरिकमा देखिएको भाइरस ७० प्रतिशतभन्दा बढी संक्रामक भएको बताएको थियो । 

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले हालसम्म २९ जनामा नयाँ भेरियन्टको बेलायती कोरोना भाइरस सार्स-कोभ-२ पोजेटिभ देखिएको जानकारी दिएको छ । 

    बेलायतमा देखिएको नयाँ भेरियन्टको कोरोना भाइरस डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, इटली, स्वीडेन, फ्रान्स, स्पेन, स्विजरल्याण्ड, जर्मनी, क्यानडा, जापान, लेबनान र सिंगापुरलगायतका मुलुकमा फैलिइसकेको छ । 

    नोभेम्बर २५ देखि डिसेम्बर २३ को मध्यरातसम्म लगभग ३३ हजार यात्रुहरु बेलायतका विभिन्‍न स्थानबाट भारतीय विमानस्थलमा अवतरण गरेका थिए । ती सबै यात्रुहरूलाई ट्र्याक गरि र राज्य र यूटीद्वारा आरटी-पीसीआर परीक्षण सुरु गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend