आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाबाट मृत्युको संख्या ह्वात्तै बढेपछि संकटकाल थप घोषणा

कोरोनाबाट मृत्युको संख्या ह्वात्तै बढेपछि संकटकाल थप घोषणा

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 8.1K
    SHARES

  • कोरोनाबाट मृत्युको संख्या ह्वात्तै बढेपछि संकटकाल थप घोषणा

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि मृत्यु हुनेको संख्या ८० हजारभन्दा बढी पुगेपछि महामारीबाट बढी प्रभावित यूरोपेली मुलुक इटलीले स्वास्थ्य सम्बन्धी संकटकाललाई आगामी ३० अप्रिलसम्म बढाउने घोषणा गरिएको छ ।

    बिहीवार सरकारद्वारा जारी विज्ञप्तिअनुसार इटलीमा हालसम्म मृत्यु भएका कोभिड–१९ संक्रमितको संख्या ८० हजारभन्दा बढी पुगेको छ ।

    इटालीले सन् २०२०, ३१ जनवरीदेखि महामारीका कारण राष्ट्रिय संकटकालको घोषणा गरेको थियो । इटलीले संकटकालको विस्तारसँगै साँझ १० बजेदेखि बिहान ५ बजेसम्मलाई निषेधाज्ञा अवधि पनि तोकिएको छ । इटलीमा संक्रमणको जोखिम भएका क्षेत्रमा नियन्त्रणका फरक–फरक उपाय अवलम्बन गरिएको छ ।

    सरकारले संक्रमण नियन्त्रणका लागि चौथो तहको नियन्त्रणका उपाय पनि अपनाएको छ । जसअनुसार हरेक १ लाख वासिन्दाहरु रहेका क्षेत्रमा दैनिक ५० व्यक्ति संक्रमित भएमा क्षेत्रलाई ‘ह्वाइट’ क्षेत्र मानी गतिविधि सञ्चालनमा अनुमति प्रदान गर्न सकिने जनाएको छ । तर कुनै पनि इटालियाली क्षेत्र ह्वाइट मापदण्डमा पर्न सफल भएका छैनन् ।

    सरकारले इटलीका २० वटै क्षेत्रमा आन्तरिक भ्रमणका लागि पनि आगामी १५ फेब्रूअरीसम्म रोक लगाएको छ । इटलीको स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराइएको पछिल्लो तथ्यांक अनुसार इटलीमा बुधवार मात्र थप १५ हजार ७७४ व्यक्ति कोभिड संक्रमित भएका छन् भने ५०७ जनाको मृत्यु भएका छन् । यससँगै हालसम्म इटलीमा संक्रमित हुनेको संख्या ५ लाख ६४ हजार ७७४ पुगेको छ भने कूल ८० हजार ३२६ संक्रमितको मृत्यु भएको छ ।

    इटलीमा बुधवार रातिसम्ममा कूल ८ लाख ८५ हजार ८१४ व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend