काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्कालै पदबाट हटाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदनले पारित गरेको छ ।
हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट बुधवार पारित भएको प्रस्तावमा गत बुधवार संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको गम्भीर आरोप लगाइएको छ ।
डेमोक्र्याटहरुले संसद्मा राखेको प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स तथा मन्त्रिमण्डललाई आग्रह गरिएको थियो । तर उपराष्ट्रपति पेन्सले अमेरिकी संविधानको २५ औं संशोधनमार्फत् ट्रम्पलाई हटाउने कुरा अस्वीकार गरेपछि संसद्मा मतदान भएको छ ।
ट्रम्पलाई हटाउनुपर्छ भन्ने प्रस्तावमा २२३ जना सांसदले मतदान गरेका छन् भने विपक्षमा २०५ मत मात्रै परेको छ । ट्रम्पलाई २५ औं संशोधनबाट हटाउनुपर्छ भन्ने पक्षमा रिपब्लिकन पार्टीका १ सांसदको पनि मत परेको छ ।
डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लगाउने प्रक्रिया पनि औपचारिक रुपमा सुरू गरिसकेका छन् । अमेरिकामा ३ नोभेम्बरमा भएको चुनावमा विजयी भएका जो बाइडेनको जीत उल्टाउने प्रयास स्वरुप ट्रम्पले आफ्ना समर्थकलाई संसद्मा आक्रमण गर्न प्रोत्साहित गरेको आरोप लगाइएको छ ।
हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी लोकतन्त र संविधानमाथि नै खतरा रहेकाले तत्काल पदबाट हटाउनुको विकल्प नरहेको तर्क गरेकी छन् ।
२० जनवरीमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्नका लागि डेमोक्र्याटिक दलले २ वटा योजना अघि सारेको हो । अमेरिकी संविधानमा रहेको व्यवस्थाअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई दबाब दिने डेमोक्र्याटहरुको पहिलो योजना हो । संविधानको २५ औं संशोधन अनुसार पेन्सले ट्रम्प अयोग्य रहेको घोषित गर्दै कार्यबाहक राष्ट्रपतिको जिम्मेवारी आफूमा ल्याउन सक्ने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।