बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

उखु तस्करी रोक्न कञ्चनपुरमा चेकपोस्ट स्थापना गरेको एसएसबीको भनाइ

उखु तस्करी रोक्न कञ्चनपुरमा चेकपोस्ट स्थापना गरेको एसएसबीको भनाइ

  • मिडिया डबली
  • मंगलवार, पौष २८ २०७७

  • 3.7K
    SHARES

  • उखु तस्करी रोक्न कञ्चनपुरमा चेकपोस्ट स्थापना गरेको एसएसबीको भनाइ

    काठमाडौं – नेपालको कञ्चनपुर र भारतको उत्तर प्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयले केही दिनअघि विरोध गरेका थिए । तर भारतीय पक्षले भने उखु तस्करी रोक्न चेक पोइन्ट स्थापना गरेको जनाएको छ ।

    भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भारतको पिलभीत जिल्ला र कञ्चनपुरको बेलोरी र बेलडाँडी नगरपालिकाको सीमा जोडिएको क्षेत्रमा चेक पोइन्ट स्थापना गरिएको जनाएको छ ।

    सीमा क्षेत्रमा स्थानीयले उखु बाली बिक्रीका लागि लैजाने गरेका छन् । यो उखुको सिजन भएका कारण एसएसबीका अधिकारीले भारतीय क्षेत्रमा सीमा छेउछाउको अस्थायी चेकपोइन्टहरु स्थापना गरेका छन् । 

    पल्लभराज भट्ट लगायतका स्थानीय तथा स्थानीय मिडियाले ती चौकीहरु ‘नो म्यान्स ल्यान्ड’मा बनाइएको बताइरहेका छन् । उनीहरूले सामाजिक सञ्जालमा भारत र भारतीय एसएसबी विरोधी पोस्टहरु गरिरहेका छन् ।

    एसएसबीका अधिकारीले भने ती चौकीहरु ‘नो म्यान्स ल्यान्ड’मा नभएको बताएका छन् । घटनाबारे एसएसबी ४९ बटालियनले आफ्नो माथिल्लो निकायमा मौखिक रिपोर्ट गरिसकेको छ । 

    भारतीय अधिकारीहरूले भनेका छन्, ‘उखुको तस्करी रोक्नका लागि अस्थायी चौकीहरू निर्माण गरिएका छन् । दशगजाको नजिकै रहेको चौकी राखिएको स्थान भारतमा पर्दछ र नेपाली अधिकारीहरुलाई यस विषयमा पूर्ण जानकारी छ ।’

    राजनीतिक कारणले केही स्थानीयले भारत विरोधी र एसएसबी विरोधी सन्देश पोस्ट गरिरहेको समेत भारतीय पक्षले जनाएको छ । भारतीय पक्षले भनेको छ, ‘तटबन्ध भारतीयतर्फ छ र भारतीय पक्षले नदी पार गरेको छैन । नदीको धारले हरेक वर्ष भूमिमा क्षति पुर्‍याएको छ र नेपाली पक्षले पनि आफ्नो छेउमा तटबन्ध निर्माण गर्नुपर्दछ, अन्यथा स्वभाविकरूपमा बाढी आउँछ ।’

    कुनै पनि नेपाली अधिकारीले सीमा अतिक्रमण भएको विषयमा भारतीय पक्षलाई जानकारी गराएका नगरेको समेत भारतीय पक्षको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २७ २०७७०३:२५:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend