बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

एसएसबीले हुलाकी सडकको पुल बनाउन कुनै अवरोध नगर्ने

एसएसबीले हुलाकी सडकको पुल बनाउन कुनै अवरोध नगर्ने

  • मिडिया डबली
  • शनिवार, पौष २५ २०७७

  • 15.1K
    SHARES

  • एसएसबीले हुलाकी सडकको पुल बनाउन कुनै अवरोध नगर्ने

    राजविराज – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले  सप्तरीको खडग खोलाको पुल निर्माणको कार्य नरोक्ने प्रस्ट पारेको छ ।

    नाम नबताउने शर्तमा एसएसबीका एक उच्च पदस्त अधिकारीले पुल निर्माणमा कुनै पनि अवरोध गर्ने आफूहरूको मनसाय नरहेको बताए ।

    हुलाकी राजमार्ग अन्तर्गत रहेको कठौना–पातो–कटैया सडक खण्ड अन्तर्गत डाकनेश्वरी नगरपालिका–६ कटैयामा निर्माण हुन लागेको पुल नेपालभित्रै पर्ने स्वीकार गर्दै आफूहरूले पुलको निर्माण कार्य रोक्न नखोजेको उनले प्रस्ट पारे ।

    यद्यपि सो क्षेत्रमा सीमांकनको कार्य जारी रहेकाले सीमांकनको काम टुंगिएपछि मात्र पुल निर्माण कार्य अघि बढाउन आफूहरूले नेपाली पक्षलाई आग्रह गरेको उनले बताए ।

    एसएसबी स्रोतले भन्यो, ‘अहिले दुवै देशका अधिकारीहरू संलग्न भइ सीमामा सीमांकनको काम भइरहेकाले तत्काल पुल निर्माण नगर्दा राम्रो हुन्छ, सीमांकनको काम सकिएपछि पुल निर्माणमा हाम्रो तर्फबाट कुनै आपत्ति हुनेछैन ।’

    पुल दशगजाबाट झण्डै ५० मिटरभित्र नेपालतिर नै पर्छ । यद्यपि अन्तर्राष्ट्रिय मान्यता अनुसार सीमामा सीमांकनको काम चलिरहेको बेला दशगाजा क्षेत्रबाट झण्डै ५०० मिटर वरिपरि कुनै भौतिक संरचना निर्माण गर्न नमिल्ने उनले बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २८ २०७७०७:४३:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend