कञ्चनपुर - भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको भन्दै प्रकाशित गरिएको समाचारको एसएसबीले खण्डन गरेको छ।
केही सन्चारमाध्यमहरूले झण्डै २ वर्ष पुरानो भिडियो प्रयोग गरेर एसएसबीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको समाचार प्रशारण गरेपछी एसएसबीका एक अधिकारीले उक्त समाचारको खण्डन गरेका हुन्।
एक अधिकारीले भने, "भिडियो यस्तो गरी प्रस्तुत गरिएको छ की एसएसबीद्वारा नेपाली मुक्तहलिया परिवारलाई घर बनाउन अवरोध खाडा गरिदैछ। तर यर्थातमा त्यस्तो कुनै पनि कार्य भारतीय पक्षबाट भएको छैन।"
ती अधिकारीले भारतीय सुरक्षाकर्मीद्वारा त्यस्ताे कुनै पनि प्रकारको गतिविधि नगरिएको प्रष्ट पार्दै सीमा नजिक बस्ने कुनै पनि नेपालीलाई समस्या पर्ने कार्य नगरिएको ठोकुवा गरे।
नेपालको सशस्त्र सीमा बललाई पनि यस विषयमा जानकारी गराइएको उनले बताए। नेपालको सशस्त्र सीमा बलबाट बुझ्दा पनि भारतीय सुरक्षाकर्मीद्वारा कंचनपुरमा त्यस्तो कुनै गतिविधि नभएकाे जानकारी प्राप्त भएकाे छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।