ब्रसेल्स - चीनमा कोरोना प्रकोपबारे रिपोर्टिङ गर्न पत्रकार पक्राउ गरेको भन्दै युरोपियन युनियन (ईयू) ले चीनको चर्को आलोचना र निन्दा गरेको छ । युरोपियन युनियनको एक्सटर्नल एक्सन सर्भिसले बुधबार बेइजिङमा पक्राउ परेकी नागरिक पत्रकार झाङ झानलाई तत्काल रिहा गर्नसमेत माग गरेको छ ।
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले चीनमा पक्राउ परेकी नागरिक पत्रकार झाङ झानको रिहाका लागि आग्रह गरेका छन् । झाङलाई कोरोना प्रकोप सुरु भएको भन्दै लाइभ प्रसार गरेको र समाचारहरु लेखेर नागरिक सूचित गरेपछि चिनियाँ अधिकारीहरुले उनलाई अगस्तमा नियन्त्रणमा लिएको थियो ।
झाङले फेब्रुअरीमा वुहानबाट कोरोना भाइरसको प्रकोपलाई कभर गरेकी थिइन् । जसमा चिनियाँ अधिकारीहरूले यसका फैलावटलाई नियन्त्रण गर्नका लागि प्रयोग गरेका विधिहरू र स्थानीय अस्पतालहरूको अवस्थाको बारेमा पर्दाफाश गरेकी थिइन् ।
सांघाइ अदालतले पूर्वअधिवक्तासमेत रहेकी झाङलाई विवाद फैलाउने सूचना प्रसार गरेको आरोपमा चार वर्षको जेल सजायसमेत सुनाएको छ ।
उनको रिहाइका लागि विश्वभरबाट माग भइरहेको छ । संयुक्त राज्य अमेरिकाले पनि उनको पक्राउप्रति निन्दा गर्दै तत्काल बिना शर्त रिहाइको माग गरेको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले एक विज्ञप्तिमा भनेका छन्, "संयुक्त राज्य अमेरिकाले चीन गणतन्त्र (पीआरसी) को लाजमर्दो कारबाही र नागरिक पत्रकार झाङ झानको नियन्त्रणको घटनाको कडा निन्दा गर्दछ। हामी पीआरसी सरकारलाई तत्काल झाङलाई बिना शर्त रिहा गर्न आग्रह गर्दछौं ।"
पोम्पिओले विश्वले वुहानमा कोरोना भाइरस प्रकोप र यसको फैलावट रोक्न क्रुर उपायहरू कार्यान्वयन गर्ने सम्बन्धमा वास्तविक स्थिति बुझ्नका लागि झाङजस्ता नागरिक पत्रकारहरूको सेन्सर गरिएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।