आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डोनाल्ड ट्रम्पलाई छिट्टै लखेट्न अमेरिकामा यस्तो तयारी

डोनाल्ड ट्रम्पलाई छिट्टै लखेट्न अमेरिकामा यस्तो तयारी

  • मिडिया डबली
  • सोमवार, पौष २७ २०७७

  • 6.0K
    SHARES

  • डोनाल्ड ट्रम्पलाई छिट्टै लखेट्न अमेरिकामा यस्तो तयारी

    काठमाडौं – विवादित गतिविधि गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसबाट लखेट्न उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुने संकेत देखिएको छ । 

    तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्र्याटसले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग ल्याउने चेतावानी दिएकी छन् ।

    डेमोक्र्याट्सका एक वरिष्ठ नेताले अमेरिकी प्रतिनिधि सभामा महाअभियोग दर्ता हुनसक्ने र महाअभियोगमाथि मंगलवार नै मतदान समेत हुनसक्ने बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरेको हो । 

    यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्स आउँदो जनवरी २० मा हुने जो बाइडेनको शपथ ग्रहण समारोहमा उपस्थित हुने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको शपथ ग्रहण कार्यक्रम बहिष्कार गर्ने बताइसकेका बेला राष्ट्रपति ट्रम्पका अतिनिकट सहयोगीका रूपमा रहेका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गरेका छन् ।

    उनले नै नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको घोषणा गरेका छन् । तर यस महाअभियोगबारे भने उपराष्ट्रपतिले केही प्रतिक्रिया दिएका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ७ २०७७०८:१२:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend