बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

गृहजिल्लामै यी कम्युनिस्ट मन्त्रीलाई जनताले लखेटेपछि भागाभाग

गृहजिल्लामै यी कम्युनिस्ट मन्त्रीलाई जनताले लखेटेपछि भागाभाग

  • मिडिया डबली
  • शनिवार, पौष २५ २०७७

  • 10.6K
    SHARES

  • गृहजिल्लामै यी कम्युनिस्ट मन्त्रीलाई जनताले लखेटेपछि भागाभाग

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटन गर्ने सरकारको समर्थनमा रहेका मन्त्रीहरूलाई जनताले गाउँगाउँमा लखेट्न थालेका छन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्री पदमा अर्याललाई गृहजिल्ला स्याङ्जामा जनताले कालोझण्डा देखाउँदै लखेटेका छन् ।

    वालिङको पतञ्जली भवन अगाडि कांग्रेस कार्यकर्ताले कालोझण्डा देखाएका छन् । नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला आएकी मन्त्री अर्याललाई नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघले कालोझण्डा देखाउँदै विरोध गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले तय गरेको केन्द्रीय विरोधको कार्यक्रम अन्तर्गत वालिङमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको तरुण दल वालिङ नगर सभापति आशिषप्रताप खाँणले जानकारी दिए ।

    विरोध कार्यक्रम भइरहेका बेला आएकी मन्त्री अर्याललाई स्थानीयले कालोझण्डा देखाएर विरोध गरेका खाँणले बताएका छन् । खाँणका अनुसार शनिवार १ घण्टा सिद्धार्थ राजमार्गमा चक्काजाम समेत गरिएको छ ।

    नेकपा ओली पक्षको सिटीहलमा भेला आयोजना गरिएको थियो । कांग्रेसको विरोध कार्यक्रम भइरहेको बेला सवार मन्त्रीलाई कालोझण्डा देखाउँदा प्रहरी र कांग्रेस कार्यकताबीच सामान्य झडप भएको खाँडले बताएका छन् ।

    मन्त्री अर्याल मूलबाटोमा कांग्रेसको विरोध सभालाई छलेर भित्रि बाटोबाट भागेर नेकपाले आयोजना गरेको कार्यक्रमस्थल गएकी जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend