आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'हङकङमा १२' माथि चिनियाँ अधिकारीले दिएको यातनाप्रति अमेरिकाद्वारा निन्दा, तत्काल रिहाइको माग 

'हङकङमा १२' माथि चिनियाँ अधिकारीले दिएको यातनाप्रति अमेरिकाद्वारा निन्दा, तत्काल रिहाइको माग 

  • मिडिया डबली
  • शनिवार, पौष २५ २०७७

  • 14.6K
    SHARES

  • 'हङकङमा १२' माथि चिनियाँ अधिकारीले दिएको यातनाप्रति अमेरिकाद्वारा निन्दा, तत्काल रिहाइको माग 

    वाशिङ्‌टन - हङकङमा प्रजातन्त्र समर्थित १२ जनाको समूहलाई चिनियाँ अधिकारीहरुले यातना दिइरहेको छ । चीनले हङकङबाट ताइवान भाग्‍न खोजेका १२ प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूको समूहलाई नियन्त्रणमा लिएर यातना दिइरहेको छ । 

    चीनको उक्त कदमको अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले बिहीबार आलोचना गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निन्दा गर्दै विदेशमन्त्री पोम्पिओले नियन्त्रणमा लिइएका प्रजातन्त्र समर्थित व्यक्तिहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । 

    हङकङबाट ताइवान भाग्‍न खोजेको भन्दै १० जना व्यक्तिलाई सामुद्रिक अधिकारीहरूले पक्राउ गरेका थिए । अगस्तमा स्पीडबोटबाट ताइवान पुग्‍न खोजेका थिए । लामो समय हिरासतमा राखिएका उनीहरुलाई शेन्जेन अदालतले बुधवार सात महिनादेखि तीन वर्षसम्मको जेल सजाय सुनाइएको थियो । दुई नाबालिग यात्रु हङकङ प्रहरीलाई हस्तान्तरण गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । 

    एक विज्ञप्तिमा पोम्पीओले भने, "चिनियाँ कम्युनिष्ट पार्टी र यसका स्थानीय अधिकारीहरु" ले आफ्नो कानुनको शासनलाई नष्ट नगरेसम्म र हङकङका जनताको स्वतन्त्रता नलिएसम्म हङकङ एक सम्पन्न क्षेत्र हो ।"

    "हङकङ १२" जसले यस तानाशाहीबाट भाग्न खोजेका थिए उनीहरुलाई विभिन्‍न मुलुकहरुले स्वागत गरेको थियो । शीर्ष अमेरिकी कूटनीतिज्ञले सीसीपीलाई 'एक शासन' भने जसले विश्वव्यापी नेतृत्वमा 'कुनै दाबी राख्‍न' सक्दैन । "आफ्नै जनतालाई छोड्नबाट रोक्ने व्यवस्थाले महानता वा विश्वव्यापी नेतृत्वको कुनै दाबी गर्न सक्दैन । यो केवल एक नाजुक तानाशाही हो, आफ्नै मुलुकका नागरिकसँग डराएको तानाशाह हो," उनले थपे ।

    पोम्पिओले शेन्जेन अदालतको बुधवारको फैसलाले चिनियाँ सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झाउनुलाई 'बेवास्ता गरेको' बताएका छन् ।  युरोपेली संघ, क्यानडा र बेलायतलगायतका मुलुकले उक्त मुद्दाको निष्पक्षताप्रति चिन्ता व्यक्त गर्दै १२ प्रजातन्त्र समर्थकहरूप्रति बेइजिङले यातना दिएको कदमविरूद्ध निन्दा गर्नुका साथै तत्काल रिहाइको माग गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend