काठमाडौं – अमेरिकाकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्काल ह्वाइट हाउस कार्यालय छाड्न भनेकी छन् ।
साथै उनले ट्रम्पले स्वेच्छाले नहटे संसदले यसमाथि कारवाही गर्ने चेतावनी समेत दिएकी छन् ।
यतिबेला उनले राष्ट्रपति निक्सनको कुरा उठाउँदै ५० वर्षअघि संसदले कुनै राष्ट्रपतिलाई राजीनामा दिन बाध्य बनाएको जिकिर गरेकी छन् ।
पेलोसीले भनेकी छन्, ‘आज राष्ट्रपति डोनाल्ड ट्रम्पले ठ्याक्कै त्यस्तै खतरनाक राष्ट्रद्रोहको काम गरेका छन् ।’
पेलोसीले संसदमा रिपब्लिकन सिनेटका सदस्यसँग उक्त उदाहरणको अनुशरण गर्दै ट्रम्पलाई उनको कार्यालयबाट तत्काल बाहिर निस्कन आग्रह गरिदिन अपिल समेत गरेकी छन् ।
संसद भवनमा बुधवार भएको हिंसामा घाइते अमेरिकी क्यापिटल प्रहरीका अधिकारी ब्रयान डी सिकसिनको मृत्युमाथि दुःख जताउँदै नेन्सीले उनको मृत्युका लागि जिम्मेवार व्यक्तिलाई कानूनी कारवाही गरिने बताएकी छन् । ब्रायन सिकसिनको मृत्युसँगै यस हिंसामा मृत्यु हुनेको संख्या बढेर ५ पुगेको छ ।
उनले प्रहरी अधिकारी सिकनिकको सम्मानमा अमेरिकी संसदको झण्डा आधा झुकाउन आदेश पनि दिएकी छन् ।
शुक्रवार जारी गरिएको एक प्रेस विज्ञप्तिमा नेन्सीले अमेरिकी संसदमा भएको अपूर्ण दुःखद घटनालाई ‘देशमाथि लागेको दाग’ बताएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।