आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चिनियाँ कम्युनिष्ट पार्टी, पीएलएद्वारा प्रकाशित पुस्तकमाथि प्रतिबन्ध लगाउने ताइवानको तयारी 

चिनियाँ कम्युनिष्ट पार्टी, पीएलएद्वारा प्रकाशित पुस्तकमाथि प्रतिबन्ध लगाउने ताइवानको तयारी 

  • मिडिया डबली
  • शुक्रवार, पौष २४ २०७७

  • 5.5K
    SHARES

  • चिनियाँ कम्युनिष्ट पार्टी, पीएलएद्वारा प्रकाशित पुस्तकमाथि प्रतिबन्ध लगाउने ताइवानको तयारी 

    ताइपेई - ताइवान सरकारले चिनियाँ कम्युनिष्ट पार्टी र पीपुल्स लिबरेशन आर्मी (पीएलए) द्वारा प्रकाशित पुस्तकहरुमाथि प्रतिबन्ध लगाउने तयारी थालेको छ ।

    ताइवानको संस्कृति मन्त्रालयले चिनियाँ कम्युनिस्ट पार्टी र पीएलएले प्रकाशित गरेका पुस्तकहरु ताइवानको बजारमा प्रवेश गर्नुभन्दा पहिले नै सेन्सर गर्ने गरी कानुन संसोधनको प्रस्ताव गरेको छ । 

    प्रस्तावित संशोधन मेनल्याण्ड क्षेत्रका मानिसहरु बीचको शासकीय सम्बन्ध ऐनको धारा ३७ सँग सम्बन्धित छ । हाल चीनबाट कुनै पनि प्रकाशन, भिडियो वा रेडियो वा टेलिभिजन कार्यक्रम ताइवानमा आयात गर्न सकिने छ र सरकारको अनुमतिमा वितरण गर्न सकिन्छ ।

    यद्यपि यस कानुनलाई कडाइका साथ लागु गरिएको छैन र संस्कृति मन्त्रालयले विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ सेना पीएलएका प्रकाशनहरू नियमनमा केन्द्रित गर्दै कार्यान्वयनमा जोड दिन कानुनमा संशोधनको तयारी थालेको हो । 

    ताइपेईमा संवैधानिक सुनुवाइ हुनुभन्दा अघि पत्रकारहरुलाई सम्बोधन गर्दै संस्कृति मन्त्री ली युङ्-टीले चिनियाँ कम्युनिष्ट पार्टीले गरेका प्रकाशनहरू "पुस्तक" भन्दा नभइ "प्रचार सामग्री" भएको बताएका छन् । 

    "त्यस्ता प्रकाशनहरूलाई ताइवानको बजारमा आयात गर्नुअघि समीक्षा गरेपछि मात्रै अनुमोदन गर्नु आवश्यक छ," लीले भने, "जसले प्रकाशनहरु ताइवानको स्वतन्त्रताविरूद्ध हुन्छन् ।" 

    उनले यो कदम स्वतन्त्रताविरुद्ध हुन्छ भन्‍ने आलोचकहरुको तर्कप्रति असहमति प्रकट गर्दै ताइवानको लोकतन्त्र सुदृढ हुनु जरुरी भएको बताएका छन् । उनले चीनबाट लगातार धम्की आउने क्रम भइरहेकोले यो कदम आवश्यको भएको बताएका छन् । 

    यद्पि निजी व्यक्ति वा एसोसियसनले चीनमा गरेको प्रकाशन सेन्सरशिपको अधिनमा नहुनेसमेत उनले बताएका छन् । लीले उनको मन्त्रालयले सकेसम्म छिटो कानूनमा संशोधनमा छलफल गर्न ताइवानको प्रकाशन संघ र उद्योगीसँग परामर्श गर्नेछन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend