आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डोनाल्ड ट्रम्पलाई पक्राउ गर्न अदालतको आदेश, मृत्युदण्डसम्मको सजाय 

डोनाल्ड ट्रम्पलाई पक्राउ गर्न अदालतको आदेश, मृत्युदण्डसम्मको सजाय 

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 21.1K
    SHARES

  • डोनाल्ड ट्रम्पलाई पक्राउ गर्न अदालतको आदेश, मृत्युदण्डसम्मको सजाय 

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गर्न बग्दाद अदालतले आदेश दिएको छ ।

    अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका नाममा पक्राउ पूर्जी जारी गरेको छ ।

    ईराकी अर्धसैनिक कमाण्डर अबुु महदी अल मुहान्दिसको हत्याबारे छानबिन गरिरहेको अदालतले ट्रम्पलाई पक्राउ गर्ने निर्णय लिएको हो । 

    ३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा बग्दाद विमानस्थलबाहिर ईरानी रिभोलुसनरी गार्ड कर्पस् अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिसको मृत्यु भएको थियो ।

    मुहान्दिसबारे छानबिन गरिरहेको बग्दाद अदालतका न्यायाधीशले अमेरिकी सेनाका कमाण्डर ईन चिफ समेत रहेका ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गर्न आदेश दिएका छन् । अल मुहान्दिस राज्यले प्रतिबन्धित गरेको पपुलर मोबिलाइजेसन फोर्सका सहायक नेता थिए, ईरान समर्थित समूह तथा ईराकका सैन्यधारीहरू सम्मिलित छाता संगठन आईएसविरुद्ध लड्नका लागि गठन भएको थियो । 

    ट्रम्पमाथि नियोजित हत्याको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको हो, किनकि ट्रम्पले नै हत्याका लागि आदेश दिएका थिए । यस अभियोगअन्तर्गत मृत्युदण्डको सजाय रहेको छ । जो कार्यान्वयन हुने सम्भावना निकै कम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    यसअघि ईरानले गत जुनमै ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । ईरानले इन्टरपोललाई पक्राउ पूर्जीबारे जानकारी गराउँदै विश्वका अन्य प्रहरीलाई पनि पक्राउ नोटिस पठाइदिन आग्रह गरेको थियो । तर यो कार्यान्वयनमा आएन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ७ २०७७०८:१२:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend