आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारले गर्‍यो राजधानीमा १ महिने संकटकाल घोषणा 

सरकारले गर्‍यो राजधानीमा १ महिने संकटकाल घोषणा 

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 8.3K
    SHARES

  • सरकारले गर्‍यो राजधानीमा १ महिने संकटकाल घोषणा 

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी थप फैलिँदै गएपछि जापान सरकारले राजधानी टोकियोमा संकटकाल घोषणा गरेको छ । 

    जापान सरकारले बिहीवार १ महिना लामो संकटकाल घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रधानमन्त्री योशिहिडा सुगाले कोरोना संकटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि संकटकाल लगाउनुपरेको बताएका छन् ।

    अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको संकटकाल शुक्रवारदेखि लागू हुने पनि जनाइएको छ । संकटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरूमा साँझ ७ बजेपछि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाइएको छ भने १ घण्टापछि सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागू हुने अधिकारीहरूले बताएका छन् । 

    प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरूलाई विशेष अनुरोध गरेका छन् । टोकियोमा संक्रमित भएकाहरुको उमेर अवस्था हेर्दा आधाभन्दा बढी ३ दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवालाई विशेष आग्रह गरेका छन् ।

    ‘सरकारको आग्रहलाई कृपया पालना गरिदिनुहोला, तपाईंसँगै तपाईंको बुवाआमा, हजुरबुवा हजुरआमा र साथीहरूको जीवन जोगाउनका लागि पनि यो आवश्यक छ,’ उनले आग्रह गर्दै भने । 

    सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र बिक्रेताले माग गरेको ठाउँमा पुर्‍याइदिने व्यवस्था हुने गरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।  

    जापानको राजधानी टोकियोमा दैनिक थप संक्रमितको संख्या बढ्दै जाने क्रममा बिहीवार २ हजार ४४८ जना थपिएका छन् । देशभर ७ हजार ४९० जना संक्रमित थपिएका जनाइएको छ ।

    जापानमा हालसम्म ३ हजार ७०० भन्दा बढी कोरोना भाइरसबाट संक्रमित व्यक्तिको मृत्यु भइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ८ २०७७०६:१९:३४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend