सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपामा वामदेवको छुट्टै कित्ता, ओली र प्रचण्ड–समूहलाई आपत्

नेकपामा वामदेवको छुट्टै कित्ता, ओली र प्रचण्ड–समूहलाई आपत्

  • मिडिया डबली
  • शनिवार, पौष १८ २०७७

  • 4.5K
    SHARES

  • नेकपामा वामदेवको छुट्टै कित्ता, ओली र प्रचण्ड–समूहलाई आपत्

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित बनेको अवस्थामा आफ्नो कित्ता स्पष्ट रहेको बताएका छन् । शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘कित्ता क्लियर छ, हाम्रो पार्टीभित्र तीन नम्बर कित्ता । एक नम्बर, दुई नम्बर विभाजनतिर, तीन नम्बर कित्ता मिलाउने तिर ।’

    उनले आफूले नेकपा एकता अभियान संगठित रुपमा अघि बढाउने पनि प्रतिक्रिया दिए । उनले शुक्रबार मात्रै आफ्नो प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएको उल्लेख गर्दै सो भेटमा प्रचण्डले आफूसँग आउन आग्रह गरेपनि अस्वीकार गरेको जानकारी दिए ।

    उनले भने, ‘उहाँले आउनुपर्यो भनेर भन्नु भयो मैले आउन सक्दैन भनेँ । त्यसो भए मिलाउने कोशिश गर्नुस् न भनेर भन्नुभयो मैले निरन्तर लागिरहेको छु भनेँ ।’ यस्तै प्रधानमन्त्री केपी ओलीले पनि आफूलाई दिनदिनै आफूकहाँ आउन भन्ने गरेको खुलासा समेत गरे ।

    तर केही काम नभएकाले आफू जान इच्छुक नभएको बताए । अन्य प्रतिनिधिसभा सदस्य जस्तै आफूपनि प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको भन्दै प्रधानमन्त्रीकै मान्छेहरु पनि यो निर्णयबाट चिढिएको उनको दावी छ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक २६ २०७७०६:१५:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend