काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्षसमेत रहेका वामदेव गौतम राष्ट्रियसभा सदस्य र मन्त्री नै बन्न पाउने या नपाउने बारे सर्वाेच्च अदालतले आज सुनुवाई गर्ने भएको छ। संवैधानिक इजासलमा बुधबार हेर्दाहेर्दैमा गएको उक्त रिटमाथि आज सुनुवाई अघि बढ्न लागेको हो।
प्रधानन्यायधीश चोलेन्द्रशम्सेर जबरा तथा न्यायधीशहरु दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजालसमा सुनुवाई हुँदाहुँदै समय अभाव भएपछि हेर्दाहेर्दैमा शुक्रबारको लागि राखिएको थियो।
प्रतिनिधिसभामा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा गरेको मनोनयन निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए।
न्यायधीश आनन्दमोहन भट्टराईको एकल इजालसले रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई थप कुनै पनि संवैधानिक संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो र उक्त रिट संवैधानिक इजालसमा गएको थियो। गौतमले राष्ट्रियसभा सदस्यको लागि सपथ लिइसकेका छन्। उनलाई नेकपाले मन्त्री नै बनाउने तयारी पनि गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।