सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

वामदेव अब मन्त्री नै बन्न पाउने कि सांसद पनि नरहने टुंगो शुक्रबार लाग्ने, कारण यस्तो छ !

वामदेव अब मन्त्री नै बन्न पाउने कि सांसद पनि नरहने टुंगो शुक्रबार लाग्ने, कारण यस्तो छ !

  • मिडिया डबली
  • बिहिवार, आश्विन १५ २०७७

  • 3.1K
    SHARES

  • वामदेव अब मन्त्री नै बन्न पाउने कि सांसद पनि नरहने टुंगो शुक्रबार लाग्ने, कारण यस्तो छ !

    काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्षसमेत रहेका वामदेव गौतमविरद्ध सर्वोच्चमा परेको मुद्दाको टुंगो आगामी शुक्रबार मात्रै लाग्ने भएको छ।राष्ट्रियसभमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्धारा मनोनीत भएका गौतमलाई मन्त्रीसहित संवैधानिक कुनै पनि पदमा जान नदिन सर्वोच्चमा रिट दायर भएको थियो।

    उक्त रिट माथिको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहितको पाँच सदस्यीय संवैधानिक इजलासमा उक्त मुद्दाको आज पेसी चढेको थियो। विपक्षीमध्येका प्रतिवादी वामदेव गौतमका तर्फबाट बहस गर्न उपस्थित कानुन व्यवसायीले बहस गर्न नभ्याएपछि मुद्दा हेर्दा हेर्दैमा गएको हो।

    आज विपक्षीकोतर्फबाट महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले बहस सकेका छन्। सर्वोच्च अदालतका अनुसार अब शुक्रबारको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाई हुनेछ। गौतमको नियुक्ति गैरसंवैधानिक भएको दाबीसहित रिट निवेदकको पक्षबाट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता हरि उप्रेती, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीसहितले बहस गर्दै गौतमको नियुक्ति खारेज गर्न माग गरेका छन्।

    महान्यायाधिवक्ताको कार्यालयका वकिलले यसअघि पनि माधव नेपालसहितका नेता निर्वाचनमा पराजित हुँदामेत सांसद भएको नजिर पेश गर्दै गौतमको पक्षमा बहस गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहित ५ जना न्यायाधीशको संवैधानिक इजलासमा भएको बहसमा गौतमका पक्षबाट बहस गर्न ४० जना वकिलले वकालतमा पेस गरेका अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिएका छन्।

    गौतमको पक्षबाट पूर्व महान्यायाधिवक्ता प्रा।डा। युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठ, अनन्तराज लुइँटेललगायतले बहस गर्ने भएका छन्। तर उनीहरुले आज बहस गर्न भ्याएनन्। संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दीपक कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडा छन्। यस मुद्दामा यही शुक्रबार फेरि बहस हुने भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १८ २०७७०७:१२:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend