काठमाडाैं - नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा थप जिम्मेवारी नदिन सर्वाेच्चले अन्तरिम आदेश दिएको छ।
प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई केपी ओली नेतृत्वको मन्त्रिपरिषदले राष्ट्रियसभा सदस्यको रुपमा मनोनीत गर्न राष्ट्रपति कहाँ पठाएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनीत गरेकी थिइन। संविधानमा प्रतिनिसभाको सोही कार्यकालमा चुनाव हारेको व्यक्त संघीय संसदको थप जिम्मेवारीमा बस्न नपाउने व्यवस्था छ।
उनलाई राष्ट्रियसभामा लगेर मन्त्री नै बनाउन लागेपछि सर्वाेच्चमा अतिवक्ता दिनेश त्रिपाठीले रिट हालेको थिए। सोही रिटमाथी आज आदेश जारी भएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।