काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यसँगै मन्त्री बनाउँने तयारी भएको देखिएको छ ।
सर्वोच्च अदालतमा नेता गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध परेको रिटको सुनुवाई शुक्रबारसम्मलाई लम्ब्याउँदै नेकपाले यस्तो संकेत गरेको हो ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सारेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा बुधबार बहस भएको थियो ।
बहसमा सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले निर्वाचन हार्नु अयोग्यताको प्रमाण नभएको तर्क गर्दै वामदेवलाई मन्त्री बनाउँने तयारी भइरहेको संकेत गरेका हुन् ।
महान्यायाधिवक्ता खरेलले इतिहास कोल्ट्याउँदै वामदेव मन्त्री बन्न सक्ने बताएका छन् । उनले २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई निर्वाचन क्षेत्र नम्बर १०४ गोरखाबाट पराजित पनि उनी प्रतिनिधिसभाको सदस्यहुँदै सभामुख पनि बनेको उदाहरण दिएका हुन् ।
त्यस्तै उनले २०६४ मा दुई ठाउँबाट निर्वाचन हारेका माधवकुमार नेपाल संविधानसभा हुँदै प्रधानमन्त्री समेत बनेको तथ्य प्रस्तुत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।