काठमाडौं – मकवानपुरको हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको बस पूर्वपश्चिम राजमार्गको हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत बस्तीपुरमा अनियन्त्रित भइ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका–८ का ३२ वर्षीय हरि गौली रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका गौलीको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
तीव्रगतिका कारण बस पल्टिएर दुर्घटना भएको जनाइएको । घाइते सबैको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसमा १८ जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।