काठमाडौं – नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयलाई भारतले नोट गरिरहेको प्रतिक्रिया दिएको छ । बिहीबारको नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो प्रतिक्रिया दिएका हुन् ।
‘नेपालमा प्रतिनिधि सभाको विघटन र उत्पन्न राजनीतिक अन्यौलताका सवालमा भारतको अवस्था’बारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता श्रीवास्तवले पत्रकार सम्मेलनमा भने, ‘नेपालको राजनीतिक घटनाक्रमलाई हामीले नोट गरिरहेका छौं । यो नेपालको आन्तारिक मामिला हो । लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्नेछ ।’
प्रवक्ता श्रीवास्तवले भारतको निकट छिमेकी भएको नाताले नेपाललाई निरन्तर सहयोग रहने जानकारी दिएका छन् । उनले भनेका छन्, ‘ निकट छिमेकीका नाताले शान्ति, समृद्धि र विकासको बाटोमा अघि बढ्न नेपाल र नेपाली जनतालाई भारतको सहयोग निरन्तर रहने छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।