आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना नियन्त्रणका लागि पुनः लकडाउन गर्ने सुरसार

कोरोना नियन्त्रणका लागि पुनः लकडाउन गर्ने सुरसार

  • मिडिया डबली
  • सोमवार, पौष ६ २०७७

  • 7.3K
    SHARES

  • कोरोना नियन्त्रणका लागि पुनः लकडाउन गर्ने सुरसार

    काठमाडौं – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै युरोपका अधिकांश देशले पुनः लकडाउन गर्ने सुरसार गरेका छन् ।

    केही हप्तायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि लकडाउन गर्नुपरेको बेलायती अधिकारीहरुले जनाएका छन् ।

    बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि महामारीको प्रभावलाई कम गर्न लकडाउनको विकल्प नभएको विशेषज्ञहरूले सुझाव दिएपछि युरोपेली देशहरूले लकडाउन रोजेका छन् । बेलायतले महामारी नियन्त्रणका लागि चौथो चरणको प्रतिबन्धात्मक नियमहरु जारी गरेको छ ।

    कोरोना भाइरसको तेस्रो लहर शुरू भएको अस्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमा नाका बन्द गरिएको छ । सिड्नीको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरूको दर बढ्दै गएपछि भिक्टोरियाको क्षेत्रीय प्रशासनले सीमा नाका बन्द गर्ने र सर्वसाधारणलाई १४ दिन बाहिर निस्कन नदिने निर्णय गरेको छ ।

    कोभिडबाट बढी प्रभावितमध्येको अर्को युरोपेली मुलुक इटलीमा पनि सोमवारदेखि १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गरिएको छ ।

    अंग्रेजी नयाँ वर्ष र क्रिस्चियन धर्मावलम्बीहरूको प्रमुख चाडलाई महत्त्व दिइने ती मुलुकहरूमा पर्व र नयाँ वर्षका समय ठूला जमघट र आवागमन हुने सम्भावना रहेको भन्दै युरोपेली अन्य मुलुकहरूले पनि महामारी नियन्त्रणका विभिन्न उपायलाई अवलम्बन गर्ने तयारी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend