काठमाडौं – काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ। बिहान साढे ६ बजेको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो भने घाम लाग्ने भएकाले १७–१९ डिग्री सेल्सियस तापक्रम रहनेछ। काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहेन छ ।
यद्यपि घाम लागे पनि त्यति धेरै तातो महसुस नहुने मौसमविदले जनाएका छन्। बिहान तराई तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । पश्चिम तराईको तुलनामा पूर्वी तराईमा केही पातलो हुस्सु लागिरहेको छ। वागमती र गण्डकीको पहाडी भू–भागमा पनि कुहिरो लागिरहेको छ। दिउँसो गण्डकी प्रदेशका केही क्षेत्रमा मौसम बदली हुनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।