आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जापान-चीन सर्वेक्षण : भावनामा ठूलो खाडल, चीनप्रति नकारत्मक बन्दै जापानी

जापान-चीन सर्वेक्षण : भावनामा ठूलो खाडल, चीनप्रति नकारत्मक बन्दै जापानी

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 6.9K
    SHARES

  • जापान-चीन सर्वेक्षण : भावनामा ठूलो खाडल, चीनप्रति नकारत्मक बन्दै जापानी

    टोकियो - जापान र चीन दुबै मुलुकमा गरिएको एउटा ओपिनियन पोलले प्रत्येक ठाउँका मानिसहरू आफ्नो छिमेकी देशको बारेमा सोच्‍ने तरिकामा भिन्‍न भएको देखाएको छ ।

    जापानी गैर नाफामुलक समूह जेनरोन एनपीओ र चाइना इन्टरनेसनल पब्लिशिङ ग्रुपले सेप्टेम्बर र अक्टोबरमा संयुक्त सर्वेक्षण गरेका थिए । दुई देशका लगभग २,६०० व्यक्तिले सर्वेक्षणमा भाग लिएका थिए । 

    परिणामले देखाए कि जापानमा ५४ दशमलव १ प्रतिशतले प्रतिशतले हालका द्विपक्षीय सम्बन्धहरू खराब वा अपेक्षाकृत नराम्रो महसुस गरेका थिए भने चीनमा २२ प्रतिशतले यस्तो बताएका थिए । गत वर्षको तुलनामा ९ प्रतिशतले बढेको छ भने चीनमा १३ प्रतिशतले घटेको  छ ।

    चीन र जापानमा एकले अर्को मुलुकमा पारेको प्रभावका बारेमा सोधिएको प्रश्‍नमा जापानमा ८९ दशमलव ७ प्रतिशत सहभागीहरुले प्रतिकूल र तुलनात्मक प्रतिकूल दृष्टिकोण राखेका थिए । त्यसैगरी चीनमा ५२ प्रतिशतले यस्तो धारणा राखेका थिए । 

    यो आंकडा जापानमा गत बर्ष भन्दा ५ प्रतिशतले बढी हो भने चीनमा पनि ५ प्रतिशतले बढेको छ । 

    द्विपक्षीय सम्बन्धको महत्त्वको बारेमा सोध्दा जापानमा ६४ दशमलव २ प्रतिशत जापानी उत्तरदाताहरूले उनीहरू महत्त्वपूर्ण वा अपेक्षाकृत महत्त्वपूर्ण भएको बताएका छन् । त्यो २००५ पछि पहिलो पटक ७० प्रतिशतले घटेको हो भने गत वर्षभन्दा ८ दशमलव ५ प्रतिशतले घटेको हो । 

    अमेरिका र चीनबीचको वर्तमान द्वन्द्वका कारण सम्बन्धमा दरार पैदा भएको छ । जेनरोन एनपीओका एक अधिकारीले सर्वेक्षणले जापानीहरुमा पूर्वी र दक्षिण चीनको समुद्रमा आफ्नो उपस्थिति बढाउने चिनियाँ चालको बारेमा आफ्नो चासोहरु व्यक्त गरेको बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend