आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पाकिस्तानमा धार्मिक घृणा र महामारी फैलियो, सीमापार आतंकवादलाई सहयोग : भारत

पाकिस्तानमा धार्मिक घृणा र महामारी फैलियो, सीमापार आतंकवादलाई सहयोग : भारत

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 5.4K
    SHARES

  • पाकिस्तानमा धार्मिक घृणा र महामारी फैलियो, सीमापार आतंकवादलाई सहयोग : भारत

     न्युयोर्क - भारतले पाकिस्तानलाई घुमाउरो पारामा खाल्डोमा पुर्‍याएको छ । भारतले पाकिस्तान र चीनलाई लक्षित गर्दै केही मुलुकहरुले कोरोना महामारीको फाइदा उठाइरहेको बताएको छ । 

     भारतले एक भर्चुअल संवादमा पाकिस्तानमा "विभाजनवादी धार्मिक घृणा" फैलाउन काम भइरहेको बताएको छ । धर्मको आधारमा दोषी ठहर गर्दै निर्दोष मानिसहरूलाई मार्ने काम भइरहेको छ भने सीमापार आतंकवादलाई पाकिस्तानले समर्थन गरिरहेको छ ।

    नयाँ दिल्लीले संयुक्त राष्ट्रसंघलाई "निर्णायक भइ बोल्न" र "धर्मको एउटा समूहसँग अर्को पक्षमा नहेर्ने वा कुनै पनि हिसाबले आतंकवादलाई न्यायोचित तुल्याउन" आग्रह गरेको छ । त्यसैगरी भारतले जातीय द्वेष फैलाउन काम बन्द गर्न, घृणा फैलाउन रोक्न र धर्मको आधारमा संसार विभाजन गर्न काम रोक्‍नसमेत आग्रह गरेको छ ।

    संयुक्त राष्ट्र संघका भारतीय स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले विश्व यहूदी कांग्रेसको अभियानमा बोल्दै, २००८ को मुम्बई आतंकवादी हमलाका मुख्य योजनाकारलाई पाकिस्तानले संरक्षण गरिरहेको बताएका छन् ।

    उनले मुम्मबई हमलामा इजरायली यहुदीहरु पनि मारिएकोप्रति शोक व्यक्त गर्दै घाइतेहरुलाई राज्यले उचित संरक्षण दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले भारतले विश्वका कतै पनि धार्मिक आधारमा हुने सबै प्रकारका ईश्वरविरोधी र सबै प्रकारका भेदभावको भर्त्सना गर्ने बताएका छन् । 

    "भारतले संसारको कुनै पनि ठाउँमा सबै प्रकारका द्वेष र सबै प्रकारका भेदभावको भर्त्सना गर्दछ । अहिले हामी देशहरुमा भइरहेको महामारीविरुद्ध लडिरहेका छौं । तर, केही मुलुकहरुले धर्मको आधारमा संसारका अन्य भागहरुमा विभेदपूर्ण घृणा फैलाउने काम गरिरहेका छन् । निर्दोष व्यक्तिलाई मार्न र धार्मिक घृणा फैलाउन उनीहरूले सीमापार आतंकवादलाई समर्थन गरिरहेका छन्," तिरुमूर्तिले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend