आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनको वुहानमा कोरोनासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारलाई ५ वर्ष जेल

चीनको वुहानमा कोरोनासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारलाई ५ वर्ष जेल

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 6.4K
    SHARES

  • चीनको वुहानमा कोरोनासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारलाई ५ वर्ष जेल

    बेइजिङ - चिनियाँ नागरिक पत्रकारलाई वुहानमा कोरोना भाइरससम्बन्धी रिपोर्टिङमा संलग्‍न भएको भन्दै जेल सजाय तोकिएको छ । पत्रकार जाङ जानलाई कोरोना भाइरसको प्रकोप देखिएको भन्दै रिपोर्टिङ गरेकी थिइन् । 

    उनलाई गत मेमा प्रहरीले नियन्त्रणका लिएको थियो । गलत सूचना फैलाएको आरोपमा ३७ वर्षीय उनलाई पाँच वर्षको जेल सजायसमेत तोकिएको छ । 

    पूर्व अधिवक्तासमेत रहेकी उनले प्रकोपबारे रिपोर्टिङ गरेपछि ६ महिनाअघि पक्राउ परेकी थिइन् । उनलाई सांघाईस्थित एक नजरबन्दमा राखिएको थियो । 

    उनीमाथि "भ्रम फैलाउने र समस्या निम्त्याउन" भूमिका खेलेको आरोप लगाइएको थियो, उनी सामाजिक सञ्‍जाल र स्ट्रिमिङ अकाउन्टमार्फत प्रकोपबारे रपोर्टिङ गर्ने गरेकी थिइन् । उनी चीनको आलोचक र सामाजिक अभियन्तासमेत हुन् । 

    सोमबार प्रकाशित अभियोगपत्र अनुसार झाङले इन्टरनेटमार्फत सामाजिक सञ्‍जाल विच्याट, ट्विटर र युट्युवमा भिडियो र टेक्सका माध्यमबाट गलत सूचना फैलाएको आरोप लगाइएको छ ।

    "उनले विदेशी मिडिया फ्रि रेडियो एशिया र इपोच टाइम्ससँगको अन्तर्वार्तामा पनि वुहानको कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिने बताएकी थिइन् । 

    उनलाई हङकङका प्रदर्शनकारीहरुलाई समर्थन गरेको भन्दै सन् २०१८ र सन् २०१९ मा पनि चिनियाँ अधिकारीहरुले नियन्त्रणमा लिएका थिए । त्यस समय पनि उनलाई दुई महिना भन्दा बढी समयसम्म हिरासतमा राखिएको थियो र मानसिक यातना दिइएको चिनियाँ मानवअधिकारवादी संस्था सीएचआरडीले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend