काठमाडौं - उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पदबाट राजीनामा दिन चौतर्फी दबाब परेको छ ।
एक वर्षअघि उखु किसान र चिनी मिल उद्योगीबीच पैसा दिने सम्झौता गराएर पनि पैसा दिलाउन नसकेपछि भट्टलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब परेको हो ।
देशभरका उखु किसानका ६० करोडभन्दा बढी पैसा दिन बाँकी छ । गत वर्ष नै उखु किसान आफ्नो बाँकी पैसा दिलाइदिन भन्दै काठमाडौंमा आई आन्दोलन गरेका थिए । त्यसबेला उद्योगमन्त्री भट्टले एक वर्षभित्र पैसा दिने गरी सम्झौता गराएका थिए । तर, अहिलेसम्म त्यो सम्झौताको पालना नगराएकोमा मन्त्री भट्टलाई नैतिक संकट परेको हो ।
विगत एक सातादेखि उखु किसान काठमाडौंमा आई सडक आन्दोलन गरिरहेका छन् । उनीहरूले दिनहुँ माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।
तर, पनि कृषिमन्त्री घनश्याम भुसाल र उद्योगमन्त्री भट्टले गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेका छन् । मन्त्री भट्ट त उद्योगीसँग कमिसन लिएको विषयमा विवादमा समेत आइसकेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।