बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

लेखराज भट्टले खोले माओवादी छिन्नभिन्न हुनुको भित्री रहस्य, प्रचण्डको त्यो ठूलो भूल !

लेखराज भट्टले खोले माओवादी छिन्नभिन्न हुनुको भित्री रहस्य, प्रचण्डको त्यो ठूलो भूल !

  • मिडिया डबली
  • मंगलवार, पौष २८ २०७७

  • 4.5K
    SHARES

  • लेखराज भट्टले खोले माओवादी छिन्नभिन्न हुनुको भित्री रहस्य, प्रचण्डको त्यो ठूलो भूल !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पूर्व माओवादी छिन्नभिन्न हुनुको कारण नारायणकाजी श्रेष्ठ रहेको रहस्य खोलेका छन् ।

    नेकपा ओली पक्षले मंगलवार धनगढीमा आयोजना गरेको तेस्रो बैठकमा नेता भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा श्रेष्ठलाई ल्याएपछि पूर्व माओवादीको अवसान सुरू भएको बताएका छन् ।

    ‘शान्ति प्रक्रियामा आइसकेपछि जनमोर्चा एकता केन्द्र भन्ने जोडिएको थियो,’ उनले भने, ‘त्यहीबाट पूर्व माओवादीको अवसान सुरू भएको हो ।’ नेता भट्टले श्रेष्ठलाई एकतामा ल्याउनु ठूलो भूल भएको बताएका छन् ।

    ‘यदि उहाँलाई त्यो एकतामा नल्याएको भए माओवादी पार्टी हिजोको भन्दा ठूलो बलियो हुने थियो,’ नेता भट्टले भने, ‘नारायणकाजी त्यो पार्टीमा धमिरोको रुपमा पसे र आज पनि यहाँ त्यही गरेका छन् ।’

    शीर्ष नेताहरू वैद्य, बादल र विप्लवले पार्टी छोड्नुको कारण पनि श्रेष्ठ नै रहेको भट्टले दाबी गरेका छन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आउँदा मुख्यमन्त्रीले परम्परा नमानेको भन्दै आक्रोश व्यक्त गरेका छन् । मुख्यमन्त्री भट्ट चाकरीमा लागेको भट्टको आरोप छ ।

    ‘कुनै नेताको श्रीमती आउँदा मन्त्रीहरू झण्डावाल गाडी लिएर जान्छन्,’ उनले भने, ‘तपाईं हामीले बनाएका मुख्यमन्त्री चाकरीमा रमाएका छन् ।’

    प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट तीव्र असहयोग हुन थालेपछि बाध्य भएर संसद् विघटन गर्नुपरेको भट्टले दाबी गरे । सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुने बताउँदै भट्टले कार्यकर्तालाई चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

    ‘बैशाख १७ र २७ गते नै निर्वाचन हुन्छ,’ नेता भट्टले भने, ‘तपाईंहरू ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुहोस् ।’ भट्टले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीले अधिकारिक हुने र चुनाव चिह्न समेत आफूहरूले पाउने दाबी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend