काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र लामो समय पूर्व माओवादी र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय मानिएका नेता उद्योगमन्त्री लेखराज भट्ट पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको पछि लागेका छन् ।
मन्त्री लेखराज भट्ट प्रचण्डलाई छाडेर ओलीको पछि लाग्नुको कारण के हो त ? संसद विघटनपछिको परिस्थितिबारे छलफल गर्न ओलीले बालुवाटारमा बोलाएको आफूपक्षीय नेताहरूको भेलामा सहभागी भएर मन्त्री भट्टले यसबारे खुलासा गरेका छन् ।
मन्त्री भट्टले आफूले कार्यकारी अध्यक्ष प्रचण्डलाई राम्रोसँग चिनेको भन्दै अहिले केपी ओली नेतृत्वको सरकारविरुद्ध लाग्नुपर्ने कुनै कारण नभएकाले आफू सरकारको रक्षाका लागि ओलीको पक्षमा लागेको बताए ।
बालुवाटारमा भएको ओली गुटको भेलामा मन्त्री भट्टले भने, ‘म पहिला पनि प्रचण्डसँग हिँडेको हुँ । केपी ओली नेतृत्वको सरकारले नराम्रो गर्योे भन्ने अवस्था थिएन । अहिले प्रधानमन्त्री हटाउनैपर्ने अवस्था थिएन । यो सरकारको पक्षमा उभिनका लागि यो भेलामा सहभागी भएको हुँ ।’
नेकपामा संघर्ष सुरु भएर ओलीको राजीनामा माग्न थालिएदेखि नै मन्त्री भट्ट ओलीको पक्षमा उभिएका छन् । भट्ट ओली गुटमा लागेपछि प्रचण्डलाई पूर्व माओवादी खेमाभित्रै ठूलो धक्का लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।