बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डले राति सुत्दा देख्ने सपनाबारे यी मन्त्रीको खुलासा

प्रचण्डले राति सुत्दा देख्ने सपनाबारे यी मन्त्रीको खुलासा

  • मिडिया डबली
  • बुधवार, पौष १५ २०७७

  • 3.5K
    SHARES

  • प्रचण्डले राति सुत्दा देख्ने सपनाबारे यी मन्त्रीको खुलासा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राति सुतेको बेला देख्ने सपनाबारे खुलासा गरेका छन् ।

    केही महिना अघिसम्म प्रचण्डका अत्यन्तै विश्वासपात्र मानिने मन्त्री भट्टले प्रचण्डले प्रधानमन्त्री अहिल्यै चाहियो भनेर केटाकेटीपन देखाएको टिप्पणी गरे ।

    प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आज बुधवार राजधानी काठमाडौंमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै भट्टले केटाकेटीले जिद्दी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर प्रचण्डले माइतीघर मण्डलामा लडीबुडी गरेको बताएका छन् ।

    ‘प्रचण्डले राति सुत्दा पनि प्रधानमन्त्री नै देख्छन्,’ मन्त्री भट्टले भने ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आमचुनावपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्छु भन्दा पनि प्रचण्ड र माधवकुमार नेपाल लगायतले धैर्य गर्न नसकेको बताएका छन् ।

    पार्टी विभाजनपछि ओली र प्रचण्ड पक्षले छुट्टाछुट्टै भेला र कार्यक्रम गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend