बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

चीनविरुद्ध खुलेरै बोले यी मन्त्री, नेपाली जनतामाथि मार पार्ने यस्तो रहस्यको खुलासा

चीनविरुद्ध खुलेरै बोले यी मन्त्री, नेपाली जनतामाथि मार पार्ने यस्तो रहस्यको खुलासा

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७

  • 4.9K
    SHARES

  • चीनविरुद्ध खुलेरै बोले यी मन्त्री, नेपाली जनतामाथि मार पार्ने यस्तो रहस्यको खुलासा

    काठमाडौं – उत्तरी छिमेकी चीनले विभिन्न बहानामा विगत १ वर्षदेखि नेपालसँगको व्यापार रोकेकोमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले असन्तुष्टि व्यक्त गरेका छन् ।

    मंगलबार नेपाल इन्टर मोडल यातायात विकास समितिको २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टले चीनको व्यवहारकै कारण चीनसँगको व्यापार सम्बन्ध पुनर्विचार गर्नुपर्ने अवस्था आएको समेत बताएका छन् ।

    उनले छिमेकी भएर पनि चीनले नेपालसँगको व्यापारमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप लगाएका छन् । 

    ‘पहिले कोभिड र अहिले विभिन्न बहानामा नेपालसँग चीनले १ वर्षदेखि व्यापार रोक्दा त्यसको असर चौतर्फी रूपमा परेको छ,’ उनले भने, ‘हाम्रो पडौसीको व्यवहारले असहज र अप्ठ्यारो भएको छ, अप्ठ्यारो अवस्थामा पनि जिम्मेवार देखिएन । यस्तै हो भने चीनसँग व्यापार गर्ने की नगर्ने ? यसबारे मैले प्रधानमन्त्रीज्यूसँग गम्भीर प्रश्न उठाएको छु, अब यो हो भने त कसरी चीनसँग कसरी व्यापार गर्ने ?’

    नेपालमा कम्युनिस्ट सरकार भएको बेला चीनसँग व्यापार सहज हुने र चीनलाई फाइदा मिल्ने प्रचार हुने गरेपनि चीनको देखाउने दाँत र चपाउने दाँत फरक–फरक रहेको देखिएको छ । चीनको व्यवहारले सरकारका मन्त्री नै वाक्क भइसकेका छन् । राजनीतिक विषयमा चिनियाँ राजदूतले हप्तैपिच्छे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर चलखेल गरिरहेपनि व्यापार सहजीकरणका लागि कुनै पहल हुन सकेको छैन ।

    ‘व्यापारीलाई असहज बनाउने भनेको त यो सबै नेपाली जनतामाथिको मार हो, एउटा व्यापारीले एउटा वस्तु बिक्री गर्ला अर्को किन्ने त उपभोक्ता हो नि !’ मन्त्री भट्टले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend