काठमाडौं – दाङमा गुडिरहेको बसमा आज आगलागी भएको छ। तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्बरको बसमा साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं १३ बखरियामा आगो लागेको हो।
बसमा एक्कासी आगोलागी भएपछि चालकले बस रोकेर सबै यात्रुलाई सुरक्षित रुपमा बाहिर झारेर बचाए। बसमा १३ जना यात्रु रहेको बताइएको छ। आगोले बस लगभग पुरै क्षति भइसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।