बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

दुःखद खबर : पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

दुःखद खबर : पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

  • मिडिया डबली
  • आइतवार, मंसिर २८ २०७७

  • 4.8K
    SHARES

  • दुःखद खबर : पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

    काठमाडौं – तेह्रथुम जिल्लाको छथर गाउँपालिका–६ सुदापमा प्लास्टिकको पोखरीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ ।

    स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा सोही वडाकी कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी ८ वर्षीया छोरी सुहानाको मृत्यु भएको वडाध्यक्ष टेकराज आङखेवाले बताएका छन् ।

    शनिवार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव फेला परेको थियो ।

    शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल म्याङलुङ लैजान लागिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २८ २०७७०८:४६:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend