बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेकपा नेताको आडमा एसएसपी ठाडामगरको मनलाग्दी, फौजको अनुशासन र मर्यादा समेत मान्दैनन्

नेकपा नेताको आडमा एसएसपी ठाडामगरको मनलाग्दी, फौजको अनुशासन र मर्यादा समेत मान्दैनन्

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २६ २०७७

  • 5.4K
    SHARES

  • नेकपा नेताको आडमा एसएसपी ठाडामगरको मनलाग्दी, फौजको अनुशासन र मर्यादा समेत मान्दैनन्

    काठमाडौं– पछिल्लो समय केही प्रहरी अधिकारीहरुको अनुशासनहिन क्रियाकलापका कारण प्रहरी संगठन नै बदनाम हुने गरेको छ। शसस्त्र प्रहरी बलमा पनि संगठनको गरिमा,अनुशासन र मर्यादालाई उल्लंघन गर्दै एसएसपी गणेश ठाडामगर प्रहरीको निष्पक्षताको धज्जी उडाइरहेका छन् ।

    शसस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरो प्रमुखको जिम्मेवारीमा रही डिआइजी बढुवाको रोलक्रममा रहेका एसएसपी ठाडामगर पछिल्लो समय सामाजिक सञ्जालमा प्रहरीको धर्म र अनुशासन विपरित स्ट्याटस तथा कमेन्टहरु गरिरहेका छन् ।

    कडा अनुशासन र निष्पक्ष भुमिका निर्वाह गर्नुपर्ने जिम्मेवार भुमिकामा रहेका ठाडामगरले गत बर्ष पूर्वराजा ज्ञानेन्द्र शाहलाई कमेन्ट मार्फत गाली गर्ने देखि लिएर अमेरिकाको ४६ औं राष्ट्रपतिको निर्वाचनका बारेमा समेत चासो राखि फेसबुकमा स्ट्याटस अपडेट गरेका छन् ।

    अमेरिकी राष्टपति निर्वाचित जो बाइडेनलाई र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसको फोटो राख्दै बधाई दिएका एसएसपी ठाडामगरले अमेरिकी राष्टपति डोनाल्ड टम्पको कार्टुन पनि उक्त स्ट्याटसमा राख्दा उनले शसस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट स्पष्टीकरण समेत खेप्नु परेको छ ।

    शसस्त्र प्रहरीको धर्म र कर्तव्यलाई बिर्सदै पूर्वराजा देखि विदेशी निर्वाचनका सम्बन्धमा सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्ने गरेका एसएसपी ठाडामगर पछिल्लो समय डिआइजी बढुवाको रोलक्रममा रहेका अधिकृत हुन ।

    हाल उनी नेकपा निकट सांसदसग आफ्नो राम्रो सम्बन्ध रहेकाले आफु डिआइजी हुँदै शसस्त्र प्रहरी बलको भावी आइजीपी हुने धक्कु लगाउन थालेको शसस्त्र प्रहरी बलका अधिकारीहरु बताउछन् ।

    ठाडामगरको नेता मोह ठाडामगर विवादै विवादमा तानिरहेका बेला सत्तारुढ दलका केन्द्रिय सदस्य तथा माननिय रामकुमारी झाक्रीले डीआईजी हुदै आईजीपी सम्म बनाउने ठेक्का लिएको स्रोत बताउँछ। लामो समय देखि उनले नेतृ झाक्रीसँग भाइटिका समेत लगाउँदै आएका छन । संगठनमा ठाडामगरले लामो रामकुमारी झाक्रीको धमास समेत दिने गरेका छन ।

    सत्तारुढ दलका शक्तीशाली नेतृ मेरो पक्षमा हुनुहुन्छ भन्दै आफ्नै मातहतका एक कर्मचारीलाई हप्काएको खवर पनि गाईगुई सुनिन थालेको छ । पछिल्लो समय संगठन भित्र र बाहिर बद्नाम भएका ठाडामगरलाई कुनै पनि हालतमा आईजीपी बनाउनु पर्छ भन्दै अहिले देखि नै नेतृ झाक्री हिड्न थालेको नेकपाकै एक केन्द्रिय नेताले दावी गरेका छन ।

    ठाडामगरले राजनीतिमा आफ्नो पहुँच देखाउ बर्षेनी रामकुमारीसँग भाइटिका लगाएको फोटो समेत पोष्ट गर्ने गरेका छन । प्रहरीले यसरी नेताहरु सँग खिचेको फोटो पोष्ट गर्न नपाईने नियम हुदा हुदै ठाडामगरले भने नेतृ झाक्री सँगको फोटो पोष्ट गर्दै आएका छन ।

    ठाडामगरको पक्षमा रामकुमारी किन गर्छिन मरिहत्ते लामो समय देखि भाइटिका लगाउँदै आएका ठाडामगरको पक्षमा नेतृ रामकुमारी झाक्री खुलेरै लाग्न थाले पछि अहिले शशस्त्र प्रहरीमा हल्लीखल्ली मच्चिएको छ ।

    बर्षेनी भाईटिका लगाउने माईतीको पक्षमा खुलेरै लाग्नु कुनै अनौठो कुरो पनि त भएन हैन र ? तर बजार हल्लामा भने शक्ति केन्द्रहरु धाउँदै हिड्ने ठाडामगर आईजीपीको सपना देखेर टिका लगाएको हल्ला पनि नआएको हैन ।

    भविष्यमा शशस्त्र प्रहरीको प्रमुख बनाउन मरिहत्ते गरेर झाक्री लागेको देखे पछि शशस्त्रका आईजीपी र एआईजीपी सम्म तिन छक्क परेका छन । नेताहरु सँग प्रहरी अधिकृतहरुको आ आफ्नै सम्बन्ध होलान होला तर ठाडामगरले भाईटिकाको तस्विर सार्वजनिक गरेर आफुलाई शक्तीमा रहेको देखाएको त हैन ?

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २६ २०७७०५:०४:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend