काठमाडौं – नेपालले भारतमा बिजुली बेच्नेबारे प्रस्ताव अघि सारेको छ। बिहीबार नेपाल–भारत ऊर्जा सहसचिवस्तरीय ‘जोइन्ट वर्किङ कमिटी’को बैठकमा नेपालले यस्तो प्रस्ताव राखेको हो। आज शुक्रबार हुने ऊर्जा सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी’को बैठकको तयारीका लागि भर्चुअल बैठक भएको हो ।
आजको बैठक पनि भर्चुअल नै हुनेछ। बैठकमा नेपाल र भारतीच ऊर्जा खरिद–बिक्रीसहित प्रसारणलाइन निर्माण लगायतका एक दर्जन एजेन्डामा छलफल भएको छ। बैठकमा सहभागी एक अधिकारीका अनुसार नेपाली पक्षले बैठकका अधिकांश एजेन्डामा भारतीय पक्षले सकारात्मक जवाफ दिएको छ ।
केही एजेन्डामा थप अध्ध्यन र छलफल गर्ने सहमति सहसचिवस्तरीय बैठकमा भएको छ। बैठकमा नेपालले आगामी वर्षायामअघि नै भारतीय बजारमा नेपालको बिजुली जाने गरी कानूनी निकास दिन प्रस्ताव गरेको छ । भारतको ‘इनर्जी एक्सचेन्ज बजार’मा नेपाल विद्युत प्राधिकरणलाई प्रवेश दिन पनि नेपालले फेरि अग्रह गरेको छ ।
भारतमा भारतीय विद्युत एक्सचेन्ज (आईईएक्स) र पावर एक्सचेन्ज इन्डिया लिमिटेड (पीएक्सआईएल) गरी दुई वटा विद्युत ब्यापारको एक्सचेन्ज अनलाइन मार्केट छन् । यो मार्केटमा आफ्ना लागि आवश्यक हुने बिजुली एक दिन अगावै बुक गर्न सकिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।