काठमाडौं - मुसाले लाइन काटिदिएपछि काठमाडौंमा विद्युत प्रशाराण बन्द भएको छ। नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानबोडैमा मुसा पसेपछि काठमाडौ उपत्यकाका अधिकांश क्षेत्रमा विद्युत काटिएको छ।
विद्युत प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर लैनचौर सबस्टेशनबाट विद्युत आपूर्ती हुने बागबजार, नारायणहिटी, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, पानी पोखरी, गैह्रीधारा, ठमेल, सामाखुसी, टंगाल, बबरमहल क्षेत्रमा आज विद्युत लाइन काटिएको जनाएको छ। दिउँसो ३ बजेदेखि अबरुद्ध विद्युत अवरुद्ध भएपछि प्राविधिक समस्या सुल्झाउन खटिएको र केही समय लाग्ने बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।